तनहुँ । कर बढेको होइन करको व्यवस्थापन गरेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन् । सो कुरा मुख्यमन्त्री गुरुङले ६३औं प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय तनहुँद्धारा बुधबार दमौलीमा आयोजित कार्यक्रममा बताएका हुन् । करको वास्तविकता बारेमा सरकारले सर्वसाधारण लाई बुझाउन नसक्दा करको विषयमा विवाद रहेको उनले बताएका थिए ।

सबै नेपाली जनताले आफ्नो आम्दानीको केहि प्रतिशत सरकार लाई कर तिर्नुपर्ने बताए । कर तिरेको खण्डमा मात्रै विकास निर्माण तिब्र गतिमा अगाडि बढ्ने उनको भनाइ थियोे । कर तिर्नु नागरिकको कर्तव्य हो भने जनता बाट उठाइएको करको सहि सदुपयोग गरि जनता लाई सेवा सुविधा प्रदान गर्नु सरकारको कर्तव्य रहेको मुख्यमन्त्री गुरुङले बताए । “स्थानीय तह बलियो बनाइ प्रदेश र स्थानीय सरकार संगै अगाडि बढ्नुपर्छ”-उनले भने ।

महिला हिंसा र लागूपदार्थ न्यूनीकरणका लागि प्रदेश सरकारले विशेष ध्यान दिने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको भनाई रहेको छ । महिला हिंसा र लागूपदार्थ दुबै समाजका लागि चुनौतीको विषय भएको समेत मुख्यमन्त्री गुरुङले बताएका छन् । महिला हिंसा र लागुपदार्थ अन्त्य नभएसम्म सभ्य समाजको परिकल्पना निरर्थक भएको समेत मुख्यमन्त्री गुरुङले बताएका छन।

यसका लागि यस प्रदेशको आर्थिक,पर्यटन र ऊर्जाको विकासमा प्रदेश सरकारले विशेष जोड मुख्यमन्त्री गुरुङको भनाई थियो । सोही अवसरमा मुख्यमन्त्री गुरुङले महिला हिंसा र लागूपदार्थको विरुद्ध साथ साथै हिडौं अभियानमा प्रतिवद्धता समेत जाहेर गरेका थिए । त्यस्तै गुरुङले पत्रकारले सकारात्मक कुरा लाई भन्दा नकारात्मक कुरा लाई बढी प्राथमिकता दिने गरेको उनले आरोप लगाए । समाजमा चेतनाको कमि रहेकोले नकारात्मक कुराको बढी प्रचारप्रसार हुने गरेको उनको भनाइ थियो ।

नेपाल प्रहरीमा राजनीति हस्तक्षेप एकदम धेरै भएको छ अब यो क्रम रोकिनु पर्छ गुरुङले सो अवसरमा भने । नेपालको शिक्षा प्रणाली प्रविधि मैत्री हुने पर्ने र अब यो कामको सुरुवात गण्डकी प्रदेश सरकार बाट सुरु हुने मुख्यमन्त्री गुरुङले जानकारी दिए ।

कार्यक्रममा प्रतिनिधी सभाका सांसद कृष्ण कुमार श्रेष्ठ(किसान), कलिला खान, राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थ, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनीमन्त्री हरिबहादुर चुमान, प्रदेश सांसदहरु आशा कोइराला, डोवाटे वि.क.,सरिता गुरुङ, प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपाने लगाएतका बोलेका थिए ।

दमौलीको अनसन चोकबाट र्याली समेत निकालिएको थियो । “महिला हिंसा र लागुअाैषध बिरूद्ध साथसाथै हिडौ” भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना भएको थियो । र्यालीमा नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधी, शिक्षक विद्यार्थीहरुको सहभागिता रहेको थियो ।



फोटो : मदन तिमल्सेना
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन