गण्डकीमा ऊर्जामन्त्री फणीन्द्र देवकोटाले फेसबुकबाटै राजीनामा दिएपछि …

गण्डकीमा ऊर्जामन्त्री फणीन्द्र देवकोटाले फेसबुकबाटै राजीनामा दिएपछि …

देवकोटा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का तर्फबाट मन्त्री बनेका थिए

phadindra devkota 1

पोखरा । जेन जी आन्दोलनको पहिलो दिन भदौ २३ मा १९ युवाको मृत्यु भएपछि गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटाले राजीनामाको घोषणा गरे ।

विहीबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देवकोटाको राजीनामाबारे ब्रिफिङ गरेका थिए थिए । गण्डकी सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा.टकराज गुरुङले मन्त्री देवकोटाको राजीनामा फेसबुकबाट दिएको थाहा भएको मुख्यमन्त्रीले क्याविनेट बैठकमा जानकारी गराएको बताए ।

केन्द्र सरकारले १९ जनाको हत्या गरेको, युवाको सहादत र सयौं घाइते भएको घटनाले मर्माहत बनाएको भन्दै देवकोटाले राजीनामा दिएका थिए । देवकोटा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का तर्फबाट मन्त्री बनेका हुन् । मन्त्रीबाट फिर्ता हुन पार्टीले पनि निर्देशन दिएको उनले जनाएका थिए । उनी माओवादी केन्द्रको चुनाव चिह्नमा गोरखाबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

तर उनको राजीनामा अहिलेसम्म प्रदेश सरकारसमक्ष भने पुगेको छैन । उनले भदौ २४ मा कागजमा हस्तलिखित राजीनामा सार्वजनिक गरेका थिए ।

सम्पादन गरिएकोः सं.

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds