गण्डकी प्रदेश सरकारले तालिम, गोष्ठी नगर्ने, बैठक भत्ता नलिने

मन्त्रिपरिषद् बैठक

गण्डकी प्रदेश सरकारले तालिम, गोष्ठी नगर्ने, बैठक भत्ता नलिने

गाँजा खेती सम्बन्धी बिधेयक प्रदेश सभामा लैजाने

Gandaki-Cabinet

पोखरा । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रममा भएका तालिम, गोष्ठी, सेमिनार, भ्रमणजस्ता कार्यक्रम हाललाई सञ्चालन नगर्ने भएको छ । प्रदेश मन्त्रिपषिद्को विहीबार साँझ सम्पन्न बैठकले सार्वजनिक खर्चमा मितव्ययिता ल्याउने भन्दै प्रदेश सरकार मातहतका पदाधिकारी र कर्मचारीले कुनै पनि प्रकारको बैठक भत्ता नलिने निर्णय समेत गरेको छ ।

गण्डकी सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङका अनुसार अनिवार्य दायित्व र कार्यालय सञ्चालनको लागि आवश्यक न्यूनतम खर्चमात्र गर्ने, अत्यावश्यक बाहेक कर्मचारीलाई भ्रमण र काजमा नखटाउने, विदा स्वीकृत नगर्ने निर्णय समेत भएको छ । जेनजीको आन्दोलनपछि उत्पन्न विषम परिस्थितिका कारण यस्तो निर्णय गर्नुपरेको उनले बताए ।

विहीबारको प्रदेश मन्त्रिपरिषद्ले औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गण्डकी प्रदेश सभामा पेश गर्न स्विकृति दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds