कास्की कारागारबाट भागेर आएका कैदी स्याङ्जामा पक्राउ

कास्की कारागारबाट भागेर आएका कैदी स्याङ्जामा पक्राउ

Handcuffs,,Police,And,Hands,Of,Police,Man,With,Criminal,In

कास्की कारागारबाट भागेर आएका कर्तव्य ज्यान मुद्दाका कैदी स्याङ्जामा पक्राउ परेका छन् ।

गत भदौ २४ गते भएको जेन-जेड आन्दोलनमा राति कास्की कारागार, पोखराबाट फरार भएका स्याङ्जा भिरकोट नगरपालिका –३ निवासी यमबहादुर रोका असोज ६ गते आफ्नै घरबाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय वालिङ र मातहत युनिटको समन्वयमा खटिएको टोलीले विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका रोकालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला कारागार, स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी प्रसन्न राज चौधरीले कारागारबाट फरार हुने घटनालाई गम्भीर रूपमा लिएको बताउँदै यस किसिमका संवेदनशील मुद्दामा प्रहरी सदैव सतर्क रहेको जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds