पोखरा । राइड सेयरिङको विरोध गर्दै सडकमा उत्रिएका पोखराका ट्याक्सी व्यवसायीले आफैँ मोबाइल एप सुरु गरेका छन् । पोखरामा सार्वजनिक यातायात सेवालाई प्रविधिमैत्री बनाउने गरी अनलाइन एपको घोषणा गरिएको हो ।
‘मुभइन’ नामको अनलाइन एप सोमबार सार्वजनिक गरिएको हो । सुरुमा एप प्रयोग गर्न चालक वा ग्राहक दुवैले कुनै शुल्क तिर्नु नपर्ने र विस्तारै देशैभर सेवा पुर्याउने योजना रहेको कम्पनीले जनाएको छ । हाल यसले पोखरा सहित आसपासका ठाउँहरुलाई समेटेको छ ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले एप सार्वजनिक कार्यक्रममा प्रदेश सरकारलाई धन्यवाद दिँदै निजी सवारीलाई हटाएर राइड सेयरिङको नियम कार्यान्वयन गर्न माग गरे । उनले भने, ‘चार पाङ्ग्रे सवारीलाई मात्र यसमा समेट्नुपर्छ । यस एपमार्फत व्यवसायी प्रविधिमैत्री बन्न तयार रहेको सन्देश प्रस्ट भएको छ ।’
पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले एप सञ्चालनले शहरको ट्याक्सी सेवामा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । उनका अनुसार ट्याक्सी व्यवसायीलाई प्रविधिको विरोधी भनेर हेरिएको धारणा अब गलत साबित हुनेछ ।
निवर्तमान अध्यक्ष प्रकाशमणि तिवारीले एप प्रयोगमा आएपछि चोकमा उभिएर ‘हाउ मच’ भन्दै भाडा बार्गेनिङ गर्ने प्रवृत्ति अन्त्य हुने बताए । उनले भने, ‘अब ट्याक्सी चढ्नुअघि कतिमा लैजान्छौ भनेर सोधिरहनु पर्दैन ।’
हाल एपमा १ हजारभन्दा बढी ट्याक्सी आबद्ध भइसकेका छन् भने पोखरामा करिब २ हजार ट्याक्सी सञ्चालनमा छन् । यसबाट यात्रुहरूले आफ्नै गेटबाट ट्याक्सी बोलाउने सुविधा पाउने विश्वास लिइएको छ ।
एपको प्राविधिक विकासमा पोखराका आइटी इन्जिनियर रविन तिवारीसहित ४५ जनाको टोलीले झन्डै एक वर्ष समय खर्चेको थियो । प्रारम्भिक चरणमा मुभ इन नेपालले चालकहरूबाट कुनै पनि कमिसन नलिने निर्णय गरेको छ । चालकहरूले एपमा ‘लाइभ’ देखिनका लागि न्यूनतम ५ सय रुपैयाँको ब्यालेन्स राख्नुपर्नेछ, तर यो रकम काटिने छैन । सुरुमा एपको प्रयोगबारे जनचेतना जगाउन प्रयास गरिने र बिस्तारै व्यावसायिक बनाउँदै लैजाने उनको भनाइ छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रमेश पराजुलीले एप सार्वजनिक यातायातलाई प्रविधिमैत्री र सहज बनाउन ल्याइएको बताए । उनले भने, ‘हामीले एपलाई व्यवसाय मात्र नभई सामाजिक उत्तरदायित्वका साथ अघि बढाएका छौँ । भविष्यमा पनि नाफाको ठूलो हिस्सा व्यवसायीहरूको हितमै खर्च गरिनेछ ।’
प्रारम्भिक चरणमा एप प्रयोगबापत कम्पनीले कुनै कमिसन नलिने घोषणा गरेको छ । चालकहरू एपमा सक्रिय देखिन न्यूनतम ५०० रुपैयाँ ब्यालेन्स राख्नुपर्ने तर सो रकम काटिने नगर्ने व्यवस्था गरिएको छ । यात्रु र चालकलाई एप प्रयोगबारे सचेत गराउन विशेष अभियान चलाइने पनि पराजुलीले बताए ।
निवर्तमान अध्यक्ष प्रकाशमणि तिवारीले भने, ‘यो बच्चा जन्मिसकेको छ । अब यसलाई हुर्काउने, बढाउने काम हाम्रो काँधमा छ । आफ्नो पेसालाई सम्मानजनक बनाउन यसले टेवा पुर्याउनेछ ।’
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प