पोखरा, २५ असोज । दशैंको रमझम छाइसकेको छ । चाडपर्व नजिकिएसँगै पोखरा र पोखरा आसपासमा पनि दशैं रमाईला थुप्रै कार्यक्रमहरु विभिन्न उद्देश्यका साथ आयोजना गरिएको पाईन्छ । उसो त पोखरामा ठूला खालका महोत्सव लगायतका कार्यक्रम पनि मुलुकका अन्य स्थानभन्दा बढी नै हुने गर्दछन् ।
यस्तै, नेपालीहरुको महान पर्व विजयादशमीको अवसर पारेर असोज ३१ गते कालरात्रीको दिन पोखराको लेखनाथ भण्डारढिकमा ई(प्लानेट दशैं कन्सर्ट हुने भएको छ । बौद्धिक रुपमा अपांगता भएका वालवालिका तथा राधाकृष्ण बृद्धाश्रम लाई आर्थिक तथा भौतिक सहयोग गर्ने उद्देश्यले सेभेन मिडिया नेटवर्कको आयोजनामा पहिलो पटक लेखनाथ रंगशाला भण्डारढिकमा कन्सर्टको आयोजना गरिएको हो ।
कन्सर्टमा राष्ट्रिय स्तरमा चर्चित तथा स्थानीय ब्यान्डहरुले लाईभ प्रस्तुति राख्ने छन्। विगत २५ वर्ष अघि पोखरा वाट उदाएको सांगीतिक ब्याण्ड नेपथ्य प्रती सम्मान र समर्पण ब्यक्त गर्दै सैनिक सेभियर, संघर्ष नेपाल, म–यत्न, एक्स डायमण्ड, दि नेक्स डोर, पिस एन मेलोडी तथा धर्ती ब्याण्ड लगायतले नेपथ्यका चर्चित गितहरु संगै अन्य गित प्रस्तुत गर्ने कार्यक्रम संयोजक सचिन रानाभाटले विहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
पोखरा–३२ पावरहाउसमा रहेको सुुनौलो बिहानी नेपालमा ८ जना बौद्धिक रुपमा अपांगता भएका ३ देखि ८ वर्ष समुहका वालवालिकाहरुलाई स्टेशनरी, पुर्वाधार तथा खेलकुद लगायतका सामाग्री वितरण गर्नका लागि सहयोग पुगोस भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष मिलन केसीले वताए । यसका साथै कार्यक्रमबाट हुने नाफावाट पोखरा–३२ लामे आहालमा रहेको ४६ जना वृद्ध वृद्धा वस्ने नेपालकै तेश्रो ठूलो वृद्धाश्रममा खाद्यान्न सहयोग गर्ने पनि आयोजकले जनाएको छ ।

निस्स्वार्थ एवं सामाजिक भावना राखेर गर्न लागिएको कन्सर्टमा प्रवेश भने निशुल्क रहेको आयोजकले जनाएको छ । कार्यक्रमलाई विगत १४ वर्षदेखी शैक्षिक परामर्शको क्षेत्रमा सेवा दिंदै आईरहेको ई–प्लानेटले मुख्य प्रायोजन गरेको छ भने सेभेन लेक्स रिसोर्टले सह–प्रायोजन गरेको छ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए