कास्की कारागारमा ७ सय ७३ कैदीबन्दी थिए । उनीहरु असोज ६ गतेसम्म कारागारमा ४ सय १ जना आएको कारागारका प्रमुख राजेन्द्र शर्माले जानकारी दिए । अब ३ सय ७२ जना कैदी अझै फरार छन् ।
अहिले पोखराको जनजीवन सामान्य हुँदै गएको छ । स्थिती सामान्य बन्दै गएपछि कास्की कारागारले कैदीबन्दीलाई फर्कन आग्रह गरिरहेको छ ।
भदौ २४ गते कास्की जिल्ला कारागारबाट भागेका लगभग सबैजसो सहकारीसम्बन्धी मुद्दाका प्रतिवादी फरार छन् । पोखरा केन्द्रित ७ सहकारीका २४ जना प्रतिवादी कारागार चलान भएका थिए । तीमध्ये ३ जनामात्रै फर्किएको बताइएको छ । बिन्दवासिनी सहकारीका सुवर्णमान नकर्मी, अर्का एक प्रतिवादी र सूर्यदर्शन सहकारीका शिवबहादुर गुरुङ (महेन्द्र गुरुङ) फर्किएका हुन् । अन्य कोही पनि फरार प्रतिवादी फर्किएका छैनन् ।
फरार भएकामध्ये धेरैजसो बाहिरी जिल्लाका छन् । अदालत र कारागारले फरार प्रतिवादीहरूलाई डेटलाइन राखेर सूचना जारी गर्नुपर्ने र तुरुन्त पक्राउ गर्नुपर्ने सहकारी पीडितहरूको माग छ ।
तोकिएको मितिभित्र नफर्किएमा कारागार ऐन अनुसार उनीहरूलाई थप कारबाही हुने कारागार प्रमुख शर्माले जानकारी दिए । उनका अनुसार ऐनमा ऐन विपरीत काम गर्नेलाई ६ महिनादेखि १० वर्षसम्म जेल सजाय हुने व्यवस्था छ । दसैँअघिको बिदाभन्दा पहिले नफर्किएमा सोही सजाय लागु हुने उनले सुनाए ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो