कास्की कारागारमा ७ सय ७३ कैदीबन्दी थिए । उनीहरु असोज ६ गतेसम्म कारागारमा ४ सय १ जना आएको कारागारका प्रमुख राजेन्द्र शर्माले जानकारी दिए । अब ३ सय ७२ जना कैदी अझै फरार छन् ।
अहिले पोखराको जनजीवन सामान्य हुँदै गएको छ । स्थिती सामान्य बन्दै गएपछि कास्की कारागारले कैदीबन्दीलाई फर्कन आग्रह गरिरहेको छ ।
भदौ २४ गते कास्की जिल्ला कारागारबाट भागेका लगभग सबैजसो सहकारीसम्बन्धी मुद्दाका प्रतिवादी फरार छन् । पोखरा केन्द्रित ७ सहकारीका २४ जना प्रतिवादी कारागार चलान भएका थिए । तीमध्ये ३ जनामात्रै फर्किएको बताइएको छ । बिन्दवासिनी सहकारीका सुवर्णमान नकर्मी, अर्का एक प्रतिवादी र सूर्यदर्शन सहकारीका शिवबहादुर गुरुङ (महेन्द्र गुरुङ) फर्किएका हुन् । अन्य कोही पनि फरार प्रतिवादी फर्किएका छैनन् ।
फरार भएकामध्ये धेरैजसो बाहिरी जिल्लाका छन् । अदालत र कारागारले फरार प्रतिवादीहरूलाई डेटलाइन राखेर सूचना जारी गर्नुपर्ने र तुरुन्त पक्राउ गर्नुपर्ने सहकारी पीडितहरूको माग छ ।
तोकिएको मितिभित्र नफर्किएमा कारागार ऐन अनुसार उनीहरूलाई थप कारबाही हुने कारागार प्रमुख शर्माले जानकारी दिए । उनका अनुसार ऐनमा ऐन विपरीत काम गर्नेलाई ६ महिनादेखि १० वर्षसम्म जेल सजाय हुने व्यवस्था छ । दसैँअघिको बिदाभन्दा पहिले नफर्किएमा सोही सजाय लागु हुने उनले सुनाए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन