लमजुङको दूधपोखरीमा डुबेका १८ वर्षीय मनोजको शव डेढ महिनापछि सशस्त्रले निकाल्यो

लमजुङको दूधपोखरीमा डुबेका १८ वर्षीय मनोजको शव डेढ महिनापछि सशस्त्रले निकाल्यो

555724321_24978439295115236_6214678944175268896_n

लमजुङ । गत साउन २४ गते लमजुङ जिल्ला मर्स्याङदी गाउँपालिका- ३ स्थित दुधपोखरी कुण्डमा नुहाउने क्रममा डुबेर बेपत्ता युवकको शव डेढ महिनापछि निकालिएको छ ।

सशस्त्र प्रहरी बल, नेपालको गोताखोरले शनिबार शव निकालेको हो ।

लमजुङ जिल्ला, क्ब्होलासोथार गाउँपालिका-४ भुजुङ्ग बस्ने वर्ष १८ को मनोज गुरूङ बेपत्ता थिए । जनैपूर्णिमाको मेलामा नुहाउने क्रममा गुरुङ बेपत्ता भएका थिए ।

खोजीका लागि असोज १० गते सशस्त्र प्रहरी बल,नेपाल नं. २४ कालिका गण पोखराबाट एयर डाइनेस्टिको हेलीद्धारा ४ जना गोताखोर सहितको उद्दार टोली परिचालन गरिएको थियो ।

सुरक्षाफौजले सडेगलेको अवस्थामा शव निकालेर उनका दाजुको जिम्मा लगाएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ