टिकटक बनाउने क्रममा बेनीस्थित कालिगण्डकी नदीमा चिप्लिएर २२ बर्षिय युवक बेपत्ता

दुर्घटना

टिकटक बनाउने क्रममा बेनीस्थित कालिगण्डकी नदीमा चिप्लिएर २२ बर्षिय युवक बेपत्ता

beni kaligandaki

म्याग्दीको बेनी नगरपालिका–८ कालिपुलमा टिकटक बनाउँदा कालिगण्डकी नदीमा चिप्लिएर एक युवक बेपत्ता भएका छन् ।

शनिबार दिउँसो १ बजे कालिपुल बसपार्क गण्डकी होटल एण्ड रेस्टुरेन्टको तल किनारमा ढुङ्गामा चडेर टिकटक बनाउने क्रममा कालिकोट जिल्ला शुभकालिका गाउँपालिका–८ घर भएका अन्दाजी २२ बर्षिय सदानन्लद पोखरेल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले बताए ।

’ढुंगाबाट चिप्लिएर खसेको जानकारी आएलगत्तै खोजीकार्यमा जुटेका छौँ, अहिलेसम्म कुनै अत्तोपत्तो लागेको छैन’ सूचना अधिकारी पौडेलले भने । रघुगंगा गाउँपालिका–८,कुईनेमंगलेमा निर्माणाधिन ठुलोखोला हाईड्रोपावरमा काम पोख्रेलले होटलबाट तल गएर नदीमा टिकटक, फोटो खिचिरहेको अवस्थामा एक्कासी खसेपछि साथीहरूले प्रहरीलाई खबर गरेका थिए ।

बेपत्ता पोख्रेलको खोजीकार्यमा प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाको नेतृत्वमा नेपाल प्रहरी, शसस्त्र प्रहरी सहितको टोली खटिएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ