पोखरा, २५ असोज । कास्कीको ट्राफिक ब्यवस्थापनमा विशेष योगदान पु¥याएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक ऐन बहादुर मल्ल सम्मानित भएका छन् ।
६३ औं प्रहरी दिवसको अवसरमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमान, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले कदरपत्र सहित सम्मान गरेका हुन् ।
मल्लले जिल्लाको ट्राफिक प्रहरी व्यवस्थापनमा योगदान पु¥याएको भन्दै प्रदेश प्रहरी कार्यालयले सम्मान गरेको हो ।
विभिन्न विधाका सम्मानित उत्कृष्ट प्रहरी कर्मचारीहरूः
उत्कृष्ट साहसिक कार्य तर्फः सशस्त्र प्रहरी गण मुख्यालय पोखराबाट प्रहरी जवान ओम बहादुर सोमै,
उत्कृष्ट अपराध अनुसन्धान तर्फः जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी साहायक निरीक्षक सन्तोष सुवेदी,
उत्कृष्ट साहसिक कार्य (प्राकृतिक प्रकोप उद्दार तर्फ): जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी नायब निरीक्षक हीरा थापा मगर
उत्कृष्ट कार्यालय व्यवस्थापन तथा अनुसन्धान तर्फः वडा प्रहरी कार्यालय वालिंग स्याङ्जाबाट प्रहरी निरीक्षक शंकर प्रसाद आचार्य
उत्कृष्ट ट्राफिक प्रहरी कर्मचारी तर्फः जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट प्रहरी निरीक्षक ऐन बहादुर मल्ल
उत्कृष्ट कार्यालय ब्यबस्थापन तथा अन्य तर्फः वडा प्रहरी कार्यालय वैदाम कास्कीबाट प्रहरी नायब उपरीक्षक नविन कार्की
उत्कृष्ट प्रहरी कार्य तर्फः ४ नं. प्रदेश प्रहरी कार्यालय पोखराबाट प्रहरी नायब उपरीक्षक गोविन्द पुरी
उत्कृष्ट जिल्ला प्रहरी प्रमुख तर्फः जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी उपरीक्षक ओम बहादुर राना

तस्विरः मेरो हेडलाइन
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो