पोखरा, २५ असोज । कास्कीकै सबैभन्दा ब्यस्त वडा प्रहरी कार्यालय, बैदामका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नविन कार्की सम्मानित भएका छन् ।
कार्यकालको छोटो अवधिमै आफ्नो क्षेत्रको शान्ति सुरक्षामा उल्लेख्य प्रगति हासिल गरेका कार्कीलाई ६३ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयले सम्मान गरेको हो ।
डिएसपी कार्कीलाई ‘उत्कृष्ट कार्यालय ब्यबस्थापन तथा अन्य तर्फ’ शीर्षकमा उत्कृष्ट ठहर्याइएको हो । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमान, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले कदरपत्र सहित सम्मान गरेका हुन् ।
प्रदेशकै राजधानी पोखरा, पोखराको पनि मुख्य क्षेत्र लेकसाईड । सोहि क्षेत्रको शान्ति सुरक्षाको जिम्मेवारी अहिले डिएसपी कार्कीको काँधमा छ । अन्य क्षेत्र भन्दा राति जागा हुने लेकसाईड क्षेत्रमा सबैभन्दा बढी अपराधिक क्रियाकलापको सम्भावना पनि छ । सो क्षेत्रमा शान्ति सुरक्षा अमन चयन कायम राख्न उनी दिनरात खटिरहेका छन् ।
बैदाम कार्यालयको नेतृत्व गरेको छोटो अवधिमै डिएसपी कार्कीले उल्लेख्य सफलता हात पारिसकेका छन् । हरेक घटनामा आफै अगाडि पुग्ने डिएसपी कार्कीको कामप्रतिको लगनशीलताको कदर गर्दै स्थानीय संघसंस्थाले सम्मान पनि गरिसकेका छन् । श्रीया सुनार हत्याका अभियुक्त सोहि दिन पक्राउ होस् वा फेवातालमा डुबेकाहरुको उद्धार वा शव निकाल्ने प्रयासमा होस् । कार्कीको तदारुकता प्रशंसा लायक छ ।
कार्कीलाई आज नै ओम फाउण्डेशनले पनि सम्मान गरेको छ । यसअघि किराँत सेवा समाज, सामुदायिक प्रहरी सेवा केन्द्रले पनि सम्मान गरेको थियो ।




विभिन्न विधाका सम्मानित उत्कृष्ट प्रहरी कर्मचारीहरूः
उत्कृष्ट साहसिक कार्य तर्फः सशस्त्र प्रहरी गण मुख्यालय पोखराबाट प्रहरी जवान ओम बहादुर सोमै,
उत्कृष्ट अपराध अनुसन्धान तर्फः जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी साहायक निरीक्षक सन्तोष सुवेदी,
उत्कृष्ट साहसिक कार्य (प्राकृतिक प्रकोप उद्दार तर्फ): जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी नायब निरीक्षक हीरा थापा मगर
उत्कृष्ट कार्यालय व्यवस्थापन तथा अनुसन्धान तर्फः वडा प्रहरी कार्यालय वालिंग स्याङ्जाबाट प्रहरी निरीक्षक शंकर प्रसाद आचार्य
उत्कृष्ट ट्राफिक प्रहरी कर्मचारी तर्फः जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट प्रहरी निरीक्षक ऐन बहादुर मल्ल
उत्कृष्ट कार्यालय ब्यबस्थापन तथा अन्य तर्फः वडा प्रहरी कार्यालय वैदाम कास्कीबाट प्रहरी नायब उपरीक्षक नविन कार्की
उत्कृष्ट प्रहरी कार्य तर्फः ४ नं. प्रदेश प्रहरी कार्यालय पोखराबाट प्रहरी नायब उपरीक्षक गोविन्द पुरी
उत्कृष्ट जिल्ला प्रहरी प्रमुख तर्फः जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी उपरीक्षक ओम बहादुर राना

तस्विरः मेरो हेडलाइन
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?