पोखरा- गण्डकी प्रदेश सभाको बैठक डाकिएको छ । प्रदेश सभाको बैठक आगामी असोज २२ गते दिउँसो १ बजेका लागि डाकिएको हो ।
जेनजी समूहको प्रदर्शनका क्रममा भदौ २४ गते आगजनी हुँदा पोखराको नदीपुरस्थित गण्डकी प्रदेश सभा भवन जलेर पूर्ण रुपमा क्षति भएको थियो । प्रदेश सभा जलेर ध्वस्त भएसँगै भदौ २५ गते दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक अनिश्चितकालका लागि स्थगित भयो ।
अब असोज २२ गते मालेपाटनमा रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सभा हलमा बैठक बस्ने प्रदेश सभा सचिव गोविन्द पौडेलले जानकारी दिए । गण्डकी प्रदेश सभा नियमावली, २०८० को नियम ६ को उपनियम (२) बमोजिम बैठक हुनेबारे सूचना प्रकाशन गरिएको छ ।
‘मिति २०८२ साल भदौ २५ गते दिनको १ बजेका लागि तोकिएको गण्डकी प्रदेश सभाको बैठक विशेष कारणवश अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो । हाल माननीय सभामुखज्यूले बैठक मिति २०८२ साल असोज २२ गते दिनको १ बजे भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, मालेपाटन पोखराको सभाहलमा बस्नेगरी मिति र स्थान निर्धारण गर्नुभएको छ’, पौडेलले जारी गरेको सूचनामा उल्लेख छ ।
यसअघि भदौ १६ गते गण्डकी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत २६ औं बैठकले गण्डकी प्रदेश दलित अधिकार विधयेक २०८२ पारित गरेको थियो ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो