‘जेन-जेड आन्दोलन’को क्रममा फरार भएका दुईजना कैदी स्याङ्जाबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
गत भदौ २४ गते फरार रहेका कैदीहरूलाई असोज १९ गते पक्राउ गरी आवश्यक कानूनी कारबाहीका लागि जिल्ला कारागार स्याङ्जा पठाइएको प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकामध्ये एकजना वालिङ नगरपालिका –९ का ३५ वर्षीय मदन माझी र बिरुवा गाउँपालिका –६ का १९ वर्षीय अर्का व्यक्ति रहेका छन्, जसको नाम कानुनी कारणले गोप्य राखिएको छ ।
उनीहरू दुबै ‘जबरजस्ती करणी’ मुद्दाका दोषी ठहर भई कैद सजाय भोगिरहेका थिए । माझी काठमाडौंको केन्द्रीय कारागार जगन्नाथदेवलबाट र अर्का व्यक्ति बाल सुधार गृह पोखराबाट फरार भएका थिए ।
फरार व्यक्तिहरूलाई पक्राउ गर्नका लागि प्रहरीले लामो समयदेखि निगरानी राखेको बताउँदै प्रहरी निरीक्षक तिवारीले प्रहरीको संयोजन, सूचनाको प्रयोग र स्थानीय सहयोगकै कारण पक्राउ सम्भव भएको बताए । उनले भने, ‘फरार अपराधीहरू जसरी भए पनि कानूनी दायरामा ल्याइनेछन् ।’
प्रहरीले यसअघि काठमाडौं केन्द्रीय कारागारका फरार दुईजना, तनहुँ दमौली कारागारका एक जना र कास्की कारागारबाट फरार भएका तीनजना कैदीलाई पक्राउ गरेको छ ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’