‘जेन-जेड आन्दोलन’को क्रममा फरार भएका दुईजना कैदी स्याङ्जाबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
गत भदौ २४ गते फरार रहेका कैदीहरूलाई असोज १९ गते पक्राउ गरी आवश्यक कानूनी कारबाहीका लागि जिल्ला कारागार स्याङ्जा पठाइएको प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकामध्ये एकजना वालिङ नगरपालिका –९ का ३५ वर्षीय मदन माझी र बिरुवा गाउँपालिका –६ का १९ वर्षीय अर्का व्यक्ति रहेका छन्, जसको नाम कानुनी कारणले गोप्य राखिएको छ ।
उनीहरू दुबै ‘जबरजस्ती करणी’ मुद्दाका दोषी ठहर भई कैद सजाय भोगिरहेका थिए । माझी काठमाडौंको केन्द्रीय कारागार जगन्नाथदेवलबाट र अर्का व्यक्ति बाल सुधार गृह पोखराबाट फरार भएका थिए ।
फरार व्यक्तिहरूलाई पक्राउ गर्नका लागि प्रहरीले लामो समयदेखि निगरानी राखेको बताउँदै प्रहरी निरीक्षक तिवारीले प्रहरीको संयोजन, सूचनाको प्रयोग र स्थानीय सहयोगकै कारण पक्राउ सम्भव भएको बताए । उनले भने, ‘फरार अपराधीहरू जसरी भए पनि कानूनी दायरामा ल्याइनेछन् ।’
प्रहरीले यसअघि काठमाडौं केन्द्रीय कारागारका फरार दुईजना, तनहुँ दमौली कारागारका एक जना र कास्की कारागारबाट फरार भएका तीनजना कैदीलाई पक्राउ गरेको छ ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्