अदालतबाट भएका फैसलाको प्रभावकारी कार्यान्वयन गरी न्यायिक प्रक्रियालाई पूर्णता दिने उद्देश्यसहित स्याङ्जा प्रहरीले फरार रहेका आठ जना कसुरदारहरुलाई एकैदिनमा पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष टोलीले फरार रहेका ती व्यक्तिहरूलाई मंगलबार पक्राउ गरी आवश्यक कारबाहीका लागि स्याङ्जा जिल्ला अदालत पठाइएको प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिए ।
नेपालीका अनुसार पक्राउ परेकाहरूमा विभिन्न अपराधमा संलग्न रही अदालतबाट सजाय तोकिएका व्यक्तिहरू रहेका छन् । उनीहरूलाई लागू औषध, सार्वजनिक अपराध, काठ ओसारपसार, अंश विवाद र चोरीजस्ता मुद्दामा फैसला भई कैद तथा जरिवाना तोकिएको थियो ।
पक्राउ परेकाहरू मध्ये बिरुवा गाउँपालिका –८ का विवेक रानालाई लागू औषध मुद्दामा २ महिनाको कैद र चार सय रुपैयाँ जरिवाना, बिरुवा गाउँपालिका–५ का अशोक कुमार भण्डारीलाई सार्वजनिक अपराध मुद्दामा एक सय पच्चीस रुपैयाँ जरिवाना तोकिएको थियो ।
त्यसैगरी, गल्याङ नगरपालिका –९ का नरेश बहादुर रानालाई बिना इजाजत सालको काठ ओसारपसार गरेको आरोपमा एक हजार रुपैयाँ जरिवाना, पुतलीबजार नगरपालिका –१३ की छवि कुमारी पौडेललाई अंशसम्बन्धी मुद्दामा चार सय ५५ रुपैयाँ जरिवाना तोकिएको थियो ।
त्यस्तै, साविक पेल्काचौर गाविस –६, बिसौनाका रनबहादुर भन्ने रामबहादुर गुरुङलाई दुईपटक साधारण चोरी मुद्दा लागेको थियो । पहिलोपटक १ महिनाको कैद र दोस्रोपटक ३ महिनाको कैद सजाय तोकिएको प्रहरीले जनाएको छ ।
यस्तै, पुतलीबजार नगरपालिका –११ की लली तिवारीले अंशसम्बन्धी मुद्दामा पाँच हजार एक सय १५ रुपैयाँ जरिवाना तिर्न बाँकी रहेको थियो । गल्याङ नगरपालिका –३, साविक जगत्रदेवी –९ का लालबहादुर कामीलाई नकबजनी चोरी मुद्दामा १ महिना १५ दिन कैद र ३,७८० रुपैयाँ जरिवाना तोकिएको थियो भने सोही स्थानका लालबहादुर सुनारलाई पनि नकबजनी चोरी मुद्दामा ४ महिना १५ दिन कैद र ७,३१७ रुपैयाँ जरिवाना तोकिएको थियो ।
प्रहरीले अदालतबाट भएका फैसलाको कार्यान्वयनलाई चुस्त र प्रभावकारी बनाउन निरन्तर अभियान सञ्चालन गरिरहेको जनाएको छ । यसले न्यायिक प्रक्रियामा विश्वास बढाउँदै समाजलाई सुरक्षित र न्यायपूर्ण बनाउने अपेक्षा गरिएको छ ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्