अदालतबाट भएका फैसलाको प्रभावकारी कार्यान्वयन गरी न्यायिक प्रक्रियालाई पूर्णता दिने उद्देश्यसहित स्याङ्जा प्रहरीले फरार रहेका आठ जना कसुरदारहरुलाई एकैदिनमा पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष टोलीले फरार रहेका ती व्यक्तिहरूलाई मंगलबार पक्राउ गरी आवश्यक कारबाहीका लागि स्याङ्जा जिल्ला अदालत पठाइएको प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिए ।
नेपालीका अनुसार पक्राउ परेकाहरूमा विभिन्न अपराधमा संलग्न रही अदालतबाट सजाय तोकिएका व्यक्तिहरू रहेका छन् । उनीहरूलाई लागू औषध, सार्वजनिक अपराध, काठ ओसारपसार, अंश विवाद र चोरीजस्ता मुद्दामा फैसला भई कैद तथा जरिवाना तोकिएको थियो ।
पक्राउ परेकाहरू मध्ये बिरुवा गाउँपालिका –८ का विवेक रानालाई लागू औषध मुद्दामा २ महिनाको कैद र चार सय रुपैयाँ जरिवाना, बिरुवा गाउँपालिका–५ का अशोक कुमार भण्डारीलाई सार्वजनिक अपराध मुद्दामा एक सय पच्चीस रुपैयाँ जरिवाना तोकिएको थियो ।
त्यसैगरी, गल्याङ नगरपालिका –९ का नरेश बहादुर रानालाई बिना इजाजत सालको काठ ओसारपसार गरेको आरोपमा एक हजार रुपैयाँ जरिवाना, पुतलीबजार नगरपालिका –१३ की छवि कुमारी पौडेललाई अंशसम्बन्धी मुद्दामा चार सय ५५ रुपैयाँ जरिवाना तोकिएको थियो ।
त्यस्तै, साविक पेल्काचौर गाविस –६, बिसौनाका रनबहादुर भन्ने रामबहादुर गुरुङलाई दुईपटक साधारण चोरी मुद्दा लागेको थियो । पहिलोपटक १ महिनाको कैद र दोस्रोपटक ३ महिनाको कैद सजाय तोकिएको प्रहरीले जनाएको छ ।
यस्तै, पुतलीबजार नगरपालिका –११ की लली तिवारीले अंशसम्बन्धी मुद्दामा पाँच हजार एक सय १५ रुपैयाँ जरिवाना तिर्न बाँकी रहेको थियो । गल्याङ नगरपालिका –३, साविक जगत्रदेवी –९ का लालबहादुर कामीलाई नकबजनी चोरी मुद्दामा १ महिना १५ दिन कैद र ३,७८० रुपैयाँ जरिवाना तोकिएको थियो भने सोही स्थानका लालबहादुर सुनारलाई पनि नकबजनी चोरी मुद्दामा ४ महिना १५ दिन कैद र ७,३१७ रुपैयाँ जरिवाना तोकिएको थियो ।
प्रहरीले अदालतबाट भएका फैसलाको कार्यान्वयनलाई चुस्त र प्रभावकारी बनाउन निरन्तर अभियान सञ्चालन गरिरहेको जनाएको छ । यसले न्यायिक प्रक्रियामा विश्वास बढाउँदै समाजलाई सुरक्षित र न्यायपूर्ण बनाउने अपेक्षा गरिएको छ ।
सम्बन्धित खबर
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
वालिङमा पहिलो सडक खाना महोत्सव : स्थानीय स्वाद र संस्कृतिको भव्य तयारी
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’