गण्डकीका मुख्यमन्त्रीको निवासमा दोश्रो पटक आगो लगाउने युवक पक्राउ

गण्डकीका मुख्यमन्त्रीको निवासमा दोश्रो पटक आगो लगाउने युवक पक्राउ

CM-office-firing-2

पोखरा । जेन जी आन्दोलनपछि गण्डकी प्रदेशका मुख्यमन्त्रीको निवासमा दोश्रो पटक आगो लगाउने युवा पक्राउ परेका छन्।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ४ घर भई हाल पोखरा महानगरपालिका वडा नं. ७ राष्ट्रबैकचोक बस्ने २२ वर्षीय संजोक थापा मुख्यमन्त्रीको निवासमा दोश्रो पटक आगो लगाएको आरोपमा पक्राउ परेका हुन्। ।

अभियुक्त थापाले असोज १२ गते राती ११ बजे आफ्नै डेराकोठामा मदिरा सेवन गरेपछि सहिदचोकको पार्कमा गएको र रुख चढेर पर्खाल नाघी गण्डकीका मुख्यमन्त्रीको निवासमा प्रवेश गरेर दोश्रो पटक आगो लगाएको प्रहरीले आरोप लगाएको छ।

गण्डकीका मुख्यमन्त्रीको निवासमा प्रवेश गरेपछि हेर्दा केही नभेटेपछी जेन-जी समुहले जलाएर बचेको सामाग्रीहरु राखेको कोठामा सलाई कोरी आगो लगाएको थापाले प्रहरी समक्ष बताएका छन् । त्यसपछि लगत्तै राष्ट्रबैंक चोकमा रहेको एनआइएमबी बैंकको एटिएम बुथमा पसेर स्क्रिनमा समेत ढुङ्गाले हानेर तोडफोड गरेको प्रहरीले बताएको छ।

उक्त भवनमा गएको भदौ २४ गते जेन जी प्रदर्शनका क्रममा पनि तोडफोड र आगजनी भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ