पोखरा, २५ असोज । जिल्ला प्रहरी कार्यालय कास्कीमा अनुसन्धान शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदीको भेषभुषा अन्य दिनको तुलनामा फरक थियो । सधैं सादा पोशाकमा कार्यक्षेत्रमा खटिने सुवेदी विहीबार भने एक तारे अंकित सुकिलो बर्दीमा सशस्त्र क्षेत्रीय प्रहरी गणमा देखिए ।
६३ औं प्रहरी दिवसको अवसरमा उनलाई गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रदेशमै ‘अपराध अनुसन्धान तर्फ’ उत्कृष्ट ठहर्याई सम्मान गर्यो । असई सुवेदीलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमान, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले कदरपत्र सहित सम्मान गरेका हुन् ।
हरेक अपराधिक घटनामा रातदिन नभनी जुनियर अधिकृत सुवेदीको खटाई प्रशंसा लायक रहेको प्रहरी अधिकारीहरु नै बताउँछन् । धेरै घटनामा अभियुक्त पक्राउ गर्न उनी सहितको टीम सफल भएका छन् ।
जिल्ला प्रहरी कार्यालयमा आएको एक वर्षको अवधि नपुग्दै उनले दर्जनौं कार्यहरुमा सफलता पाइसकेका छन् । गत वर्ष पुस १८ गते सराङकोटमा २ जना सहकर्मीको ज्यान लिने ज्यामीलाई धनकुटा गएर पक्राउ गरी ल्याएको, व्यवसायीहरु बिन्दु थापा, कालु गुरुङलाई धम्क्याउनेलाई रातारात स्याङ्जा गई पक्राउ गरेको, इमो/भाइवर मार्फत ठगी गर्ने आठ जना, मोटरसाइकल चोर १९ जना, श्रीया सुनार हत्या अभियुक्त पक्राउ, गगनगौंडामा श्रीमती मार्नेलाई तुरुन्त पक्राउ गर्न उनको सक्रिय सहभागिता थियो ।
यस्तै, विभिन्न मुद्धामा फरार १०८ जना पक्राउ गर्न, लागूऔषध कारोबारी, प्रयोगकर्ता, यौन व्यवसायी पक्राउ गर्न पनि सुवेदीको उल्लेख्य योगदान छ ।
विभिन्न विधाका सम्मानित उत्कृष्ट प्रहरी कर्मचारीहरूः
उत्कृष्ट साहसिक कार्य तर्फः सशस्त्र प्रहरी गण मुख्यालय पोखराबाट प्रहरी जवान ओम बहादुर सोमै,
उत्कृष्ट अपराध अनुसन्धान तर्फः जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी साहायक निरीक्षक सन्तोष सुवेदी,

उत्कृष्ट साहसिक कार्य (प्राकृतिक प्रकोप उद्दार तर्फ): जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी नायब निरीक्षक हीरा थापा मगर
उत्कृष्ट कार्यालय व्यवस्थापन तथा अनुसन्धान तर्फः वडा प्रहरी कार्यालय वालिंग स्याङ्जाबाट प्रहरी निरीक्षक शंकर प्रसाद आचार्य
उत्कृष्ट ट्राफिक प्रहरी कर्मचारी तर्फः जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट प्रहरी निरीक्षक ऐन बहादुर मल्ल
उत्कृष्ट कार्यालय ब्यबस्थापन तथा अन्य तर्फः वडा प्रहरी कार्यालय वैदाम कास्कीबाट प्रहरी नायब उपरीक्षक नविन कार्की
उत्कृष्ट प्रहरी कार्य तर्फः ४ नं. प्रदेश प्रहरी कार्यालय पोखराबाट प्रहरी नायब उपरीक्षक गोविन्द पुरी
उत्कृष्ट जिल्ला प्रहरी प्रमुख तर्फः जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी उपरीक्षक ओम बहादुर राना

तस्विरः मेरो हेडलाइन
सम्बन्धित खबर
वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’