स्याङ्जाको भीरकोट नगरपालिका -१ प्रगतिटोलस्थित भीरकोट भिल्ला होटलमा गए राती धारिलो हतियार प्रहार हुँदा एक जना घाइते भएका छन् ।
धारिलो हतियार प्रहारबाट वालिङ् नगरपालिका -१४ का सुवर्ण लुइँटेल घाइते भएका हुन् । घाइते लुइँटेललाई तत्काल प्राथमिक उपचार गरी थप उपचारका लागि चरक मेमोरियल हस्पिटल पोखरा पठाइएको र हाल हस्पिटलमै उनको उपचार भइरहेको स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानका क्रममा लुइँटेललाई धारिलो हतियारले आक्रमण गरेर बिहानैदेखि फरार रहेका भीरकोट -२ का अनिल गुरुङ बुधबार दिउँसो पक्राउ परेका छन् । गुरुङलाई पक्राउ गरिसकेपछि आवश्यक अनुसन्धान अगाडि बढाइएको एसपी न्यौपानेले बताए ।
यसअघि घटनाक्रम बुझ्नका लागि बिहानै घटनास्थलमा उपस्थित रहेका पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
अपडेट: पक्राउ परेका गुरुङमाथि पीडितको किटानी जाहेरी पश्चात् ज्यान मार्ने उद्योगको अभियोगमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी प्रसन्न राज चोधरीले जानकारी दिए ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा