स्याङ्जाको भीरकोट नगरपालिका -१ प्रगतिटोलस्थित भीरकोट भिल्ला होटलमा गए राती धारिलो हतियार प्रहार हुँदा एक जना घाइते भएका छन् ।
धारिलो हतियार प्रहारबाट वालिङ् नगरपालिका -१४ का सुवर्ण लुइँटेल घाइते भएका हुन् । घाइते लुइँटेललाई तत्काल प्राथमिक उपचार गरी थप उपचारका लागि चरक मेमोरियल हस्पिटल पोखरा पठाइएको र हाल हस्पिटलमै उनको उपचार भइरहेको स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानका क्रममा लुइँटेललाई धारिलो हतियारले आक्रमण गरेर बिहानैदेखि फरार रहेका भीरकोट -२ का अनिल गुरुङ बुधबार दिउँसो पक्राउ परेका छन् । गुरुङलाई पक्राउ गरिसकेपछि आवश्यक अनुसन्धान अगाडि बढाइएको एसपी न्यौपानेले बताए ।
यसअघि घटनाक्रम बुझ्नका लागि बिहानै घटनास्थलमा उपस्थित रहेका पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
अपडेट: पक्राउ परेका गुरुङमाथि पीडितको किटानी जाहेरी पश्चात् ज्यान मार्ने उद्योगको अभियोगमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी प्रसन्न राज चोधरीले जानकारी दिए ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो