स्याङ्जाको फेदीखोला गाउँपालिका –५, बाँगेमा भएको सुन चोरीको घटनामा संलग्न एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । असोज १८ गते साँझ करिब ६ बजे उषा शर्माको घरबाट साढे ३ तोलाको लकेटसहितको सुनको सिक्री र २ तोलाको बेरुवा औँठी चोरी भएको थियो ।
घटना सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले तत्काल अनुसन्धान टोली खटाएको थियो । अनुसन्धानका क्रममा असोज २१ गते स्याङ्जा पुतलीबजार नगरपालिका –१, सहिदचोकस्थित क्षेत्रबाट एक महिलालाई शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकी महिला फेदीखोला गाउँपालिका –३ की २८ वर्षीया प्रतिमा सुवेदी हुन्, उनी हाल कास्कीको पोखरा महानगरपालिका –१७, विरौटामा बसोबास गर्दै आएकी थिइन् ।
प्रहरीका अनुसार प्रतिमा सुवेदीले चोरी गरिएका गरगहना पोखरामा लुकाइछिपाइ राखेकी थिइन् । प्रहरीले ती गरगहना सोही स्थानबाट फेला पारेर बरामद गरेको हो । बरामद सामग्रीमा ३.५ तोलाको सुनको सिक्री र २ तोलाको बेरुवा औँठी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी प्रतिमाविरुद्ध चोरी सम्बन्धी कसूरमा असोज २२ गते स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान जारी रहेको छ स्याङ्जा प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा