पोखरा, २५ असोज । केहि वर्ष पहिले आफै अस्वस्थ हुँदा मृत्यु सम्मुख पुगेर पुनर्जीवन पाएका हुन् शिवराज बस्ताकोटीले । अझै पनि उनी व्यवस्थित पोखरा बनाउने अभियानमा उत्तिकै क्रियाशील छन् । पेशाले पत्रकार बस्ताकोटी सबैका प्रिय ‘शिव दाइ’ हुन् । पृथ्वीचोक, सभागृहचोक लगायतका क्षेत्रमा ट्राफिक प्रहरीसँगै स्वयंसेवी ट्राफिकका रुपमा धेरैले शिव दाइलाई देखेको हुनसक्छ । उनै शिव दाइ प्रहरी दिवसका अवसरमा सम्मानित भएका छन् ।
६३ औं प्रहरी दिवसको अवसरमा गण्डकी प्रदेश प्रहरीले उनलाई सम्मान ग¥यो । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमान, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले कदरपत्र सहित सम्मान गरे ।
पत्रकार बस्ताकोटीलाई स्वयंसेवकका रुपमा पोखराको ट्राफिक व्यवस्थापनमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । कदरपत्रमा उल्लेख छ ‘मुलुकमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा नागरिक जिम्मेवारी प्रति संवेदनशील भई तपाईंले कास्की जिल्लाको ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनिकरणको लागि स्वयंसेवकको भूमिका निवाृह गरी अविछिन्न रुपमा सो कार्य क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनुभएकोले उक्त योगदानको उच्च मूल्यांकन गर्दै व्यवसायिक एवं पारिवारिक जीवनको सफलताको कामना सहित कदरपत्र प्रदान गरिएको छ ।’

प्रहरी दिवसको अवसरमा प्रहरीको गतिविधि, शान्ति अमन चयनमा सघाउ पु¥याउने व्यक्ति तथा संघसंस्थालाई सम्मान पनि गरिएको थियो ।
तस्विरः मेरो हेडलाइन
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो