स्याङ्जामा एक हजार बढी प्याकेट पटका बरामद

स्याङ्जामा एक हजार बढी प्याकेट पटका बरामद

प्रहरीले तत्काल नष्ट गर्‍यो

PATAKA-BARAMAD-RAMDI

स्याङ्जाको गल्याङ नगरपालिका –१ राम्दीस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले ठूलो परिमाणका पटका बरामद गरेको छ ।

अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको टोलीले राति करिब ११ बजे नियमित सवारी चेकजाँचका क्रममा बुटवलबाट वालिङतर्फ आउँदै गरेको बीएए ७७०४ नम्बरको स्कर्पियो जीपमा लुकाइ–छिपाइ ल्याइएका पटका फेला पारेको हो ।

सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीका अनुसार रकेट बम चार प्याकेट, कमाण्डो ग्रीर बम एक प्याकेट, कलर कोटि दुई प्याकेट, ग्राउन्ड चक्कर ११ प्याकेट, मिनि बुलेट ७५ प्याकेट, माइट्टी एटम पाँच प्याकेट, हाइड्रोफोल्ड पचास प्याकेट, शिखा कलर तीस प्याकेट र चोइसा क्र्याकर्स ८ सय ५० प्याकेट पटका बरामद भएका हुन् ।

बरामद गरिएका पटका स्थानीय जनप्रतिनिधि, पत्रकार तथा भद्रभलाद्मीको रोहवरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

तिहारलाई लक्षित गरी यस किसिमका विस्फोटक वस्तुहरूको अवैध ओसारपसार बढ्ने भएकाले प्रहरी सचेत रहँदै कडा निगरानीमा रहेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ