स्याङ्जामा अवैध पटका कारोबार, घरबाटै बरामद गरी नष्ट गरियो

स्याङ्जामा अवैध पटका कारोबार, घरबाटै बरामद गरी नष्ट गरियो

Pataka-baramad-traffic-chok-sygj

स्याङ्जा प्रहरीले विशेष सूचनाको आधारमा पुतलीबजारमा अवैध रूपमा पटका कारोबार गर्ने कार्यलाई नियन्त्रणमा लिएको छ ।

आइतबार दिउँसो करिब ११:०० बजे, जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले पुतलीबजार नगरपालिका –१ ट्राफिक चोक बस्ने २४ वर्षीया सजिता खातुनको घर/कोठामा खानतलासी गर्दा ‘कार्थिस्’ नामक सामान्य विस्फोटक पदार्थ (पटका) ४९ प्याकेट बरामद गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

फेला परेका ती पटकाहरूलाई स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी, पत्रकार तथा सुरक्षाकर्मीहरूको उपस्थितिमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, तिहार जस्ता चाडपर्वलाई लक्षित गरी हुने अवैध पटका कारोबार र बिक्रीविरुद्ध प्रहरीको निगरानी कडा पारिएको छ ।

प्रहरीले यस्तो खालको अवैध कारोबारमा संलग्नहरूलाई कानूनी दायरामा ल्याउने चेतावनी समेत दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds