अन्तानानारिवो : माडागास्करका राष्ट्रपति एन्ड्री राजोएलीना देश छोडी भागेका छन् । विपक्षी नेता, एक सैन्य स्रोत र एक विदेशी कूटनीतिज्ञका अनुसार यो जानकारी सोमबार सार्वजनिक भएको हो।
सेनाका केही युनिटहरूले आन्दोलनकारीमा सामेल भएपछि राष्ट्रपति आइतबार देश छाडेर गएको संसदका विपक्षी नेता सितेनी रान्द्रियनासोलोनियाइको जानकारी दिएका थिए । विपक्षी दलका नेता र सरकारी अधिकारीहरूका अनुसार सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा गएपछि उनको सरकार ढलेको हो ।
उनका अनुसार राष्ट्रपति कार्यालयका कर्मचारीहरूले पनि राजोएलीना देश बाहिर गएको पुष्टि गरेका छन्, तर अहिले उनी कहाँ छन् भन्ने पत्ता लागेको छैन।
राष्ट्रपति कार्यालयले यसबारे कुनै टिप्पणी गरेको छैन।
फेसबुकमार्फत सोमबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै राजोएलीनाले आफू र आफ्नो जीवनको सुरक्षाका लागि सुरक्षित स्थानमा सरेको बताएका थिए । उनले ठेगाना खुलाएनन् तर म माडागास्कर नष्ट हुन नदिने बताएका थिए ।
कूटनीतिक स्रोतका अनुसार सम्बोधनपछि पनि राजोएलीनाले राजीनामा दिन अस्वीकार गरेका छन्।
सेप्टेम्बर २५ मा देशभर पानी र बिजुली अभावका कारण प्रदर्शन सुरु भएका थिए। तर त्यसपछि आन्दोलन भ्रष्टाचार, दुर्व्यवस्था र आधारभूत सेवाको अभाव विरुद्ध व्यापक विद्रोहमा रूपान्तरण भयो।
यस्तो असन्तुष्टि अन्य देशहरूमा पनि देखिएको छ — जस्तै नेपालमा गत महिनामात्रै प्रधानमन्त्रीले राजीनामा दिनुपरेको थियो, र मोरक्कोमा पनि उस्तै आन्दोलन भइरहेको छ।
सोमबार, आन्दोलन समर्थक अर्धसैनिक ‘जेनडरमेरी’ समूहको एउटा पक्षले पनि आफ्नो नेतृत्व परिवर्तन गर्दै नयाँ प्रमुख नियुक्त गरेको र औपचारिक समारोहमा सरकारी अधिकारीहरूको उपस्थितिमा पदभार ग्रहण गराएको रॉयटर्सका प्रत्यक्षदर्शीले जनाए।
यसैबीच, प्रदर्शनको निशानामा परेका संसदका सभामुखलाई पदमुक्त गरिएको र तिनको ठाउँमा जीन आन्द्रे न्द्रेमान्जारीलाई अस्थायी रूपमा नियुक्त गरिएको बताइएको छ।
यदि राष्ट्रपतिले पद छोडे वा पद रिक्त भयो भने, माडागास्करको संविधान अनुसार संसद ९सेनेट० का अध्यक्षले कार्यवाहक राष्ट्रपति भएर नयाँ निर्वाचनसम्म देशको नेतृत्व गर्छन्।
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु