म्याग्दीमा भिरबाट लडेर वृद्धको मृत्यु

दुर्घटना

म्याग्दीमा भिरबाट लडेर वृद्धको मृत्यु

myagdi acc

Photo: ROMB

म्याग्दीमा आज बिहान घाँस काट्न जाने क्रममा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ।

जिल्लाको मालिका गाउँपालिका–६, उपल्लो दरवाङमा स्थानीय ६२ वर्षीय सुबिलाल केसीको मृत्यु भएको हो ।

केसी बिहान करिब साढे ५ बजेतिर घरबाट घाँस काट्नका लागि गाउँनजिकैको भीरतर्फ जाँदै गर्दा अचानक चिप्लिएर लडेका थिए। भीरबाट तल खसेका केसीको घटनास्थलमै मृत्यु भएको  प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय दरवाङको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

शवलाई पोस्टमार्टमका लागि बेनी अस्पतालमा ल्याइएकाे प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ