कार्तिक मसान्तभित्र सवारी कर तिरे गण्डकीबासीलाई जरिवाना नलाग्ने

सर्वसुलभता

कार्तिक मसान्तभित्र सवारी कर तिरे गण्डकीबासीलाई जरिवाना नलाग्ने

bhautik purbadhar

पोखरा । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेशले कार्तिक मसान्त भित्र सवारी कर, दस्तुर, शुल्क तिरेमा कुनै पनि जरिवाना वा अतिरिक्त शुल्क नलाग्ने बताएको छ ।

मन्त्रालयले असोज २४ गते उक्त निर्र्णय गरी प्रदेश राजपत्रमा उक्त जानकारी समेटेको छ ।

मन्त्रालयका सचिव कमलकुमार अधिकारीले दिएको जानकारी अनुसार राजपत्रमा समेटिएका बुँदा निम्नानुसार छन्ः

१. मिति २०८२ साल भाद्र २३ गते देखि २०८२ साल असोज मसान्तसम्मको अवधिभित्र गण्डकी प्रदेश आर्थिक ऐन, २०८२ को दफा ३ को सवारी कर अन्तर्गत उपदफा (१) बमोजिम लाग्ने वा तिर्नुपर्ने कर, दस्तुर तथा शुल्क तिर्न नपाएका कारण जरिबाना लाग्ने भएमा २०८२ साल कार्तिक मसान्त भित्र तिर्न आएमा कुनै पनि जरिवाना वा अतिरिक्त शुल्क लाग्ने छैन।

२. बुँदा १ मा उल्लिखित छुट सहुलियत वाहेक उक्त अवधिभित्र गण्डकी प्रदेश आर्थिक ऐन, २०८२ बमोजिम लाग्ने सवारी तथा यातायात व्यवस्थापन सम्बन्धी अन्य कुनै कर, दस्तुर र शुल्क तिर्न नपाएका कारण जरिवाना लाग्ने भएमा २०८२ साल कार्तिक मसान्त भित्र तिर्न आएमा कुनै पनि जरिवाना वा अतिरिक्त शुल्क लाग्ने छैन।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ