७ हजार १ सयले बढ्यो सुनको मूल्य, पुग्यो २ लाख ५८ हजार

सुनचाँदी

७ हजार १ सयले बढ्यो सुनको मूल्य, पुग्यो २ लाख ५८ हजार

gold

स्थानीय बजारमा सुनको मूल्य बढ्दो क्रममा छ ।

बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला सात हजार एक सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार दुई लाख ५० हजार ९ सय रूपैयाँमा कारोबार भएको सुन शुक्रबार दुई लाख ५८ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ७५ रूपैयाँले बढेको छ ।

बिहीबार प्रतितोला तीन हजार दुई सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तीन हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ