आसन्न तिहार पर्वका लागि पोखरा महानगरपालिकाले सयपत्री फूलको बिक्री मूल्य निर्धारण गरेको छ।
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने र उपभोक्तालाई सहज बनाउने उद्देश्यले महानगरले पोखरामै उत्पादित फूललाई तीन प्रकारमा ग्रेडिङ गरी कारोबार मूल्य तोकेको हो।
महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार, कृषि सञ्जाल, पोखरा उद्योग वाणिज्य संघ, फ्लोरिकल्चर एसोसिएसन कास्की र कृषि ज्ञान केन्द्र कास्कीसँगको विस्तृत छलफलपछि यो निर्णय गरिएको हो।
निर्धारित मूल्यसूची अनुसार, ‘ए’ ग्रेडको १५ देखि २० ग्राम तौलको प्रति थुंगा फूललाई ५ रुपैयाँ र प्रति मालालाई १५० रुपैयाँ पर्नेछ।
यस्तै, ‘बी’ ग्रेडको १० देखि १५ ग्राम तौलको प्रति थुंगा फूलको मूल्य ४ रुपैयाँ र प्रति माला १३० रुपैयाँ तोकिएको छ। ‘सी’ ग्रेडको ५ देखि १० ग्राम तौलको प्रति थुंगा फूल २ रुपैयाँ र प्रति माला १०० रुपैयाँमा उपलब्ध हुनेछ।
यी तीनवटै ग्रेडका फूल प्रति केजी ३०० देखि ४०० रुपैयाँमा पाउन सकिने प्रमुख कडरियाले जानकारी दिए।
महानगरले पोखराका २५ भन्दा बढी स्थानहरूलाई सयपत्री फूलको बिक्री स्थल तोकेको छ। कात्तिक ३, ४ र ५ गते पोखराको बगर, महेन्द्रपुल, तालचोक, लगायतका किसान बजार र वडा कार्यालयहरूमा फूल खरिदबिक्री हुने व्यवस्था मिलाइएको छ।
यस वर्ष महानगरको सहयोगमा करिब ३०० रोपनी क्षेत्रफलमा सयपत्री फूलको खेती गरिएको छ। यसबाट ३ लाख माला उत्पादन हुने र करिब ३ देखि ४ करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ।
महानगरपालिकाले विगत तीन वर्षदेखि बीउमा अनुदान, उत्पादनको बजारीकरणमा सहजीकरण र कृषकलाई न्यूनतम समर्थन मूल्य प्रदान गर्दै आएको छ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन