तिहारमा कुन दिन, कस्तो हुनेछ मौसम ?

मौसम

तिहारमा कुन दिन, कस्तो हुनेछ मौसम ?

weather-mausam

यो वर्ष तिहार पर्वको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव हुने छैन । तर, पश्चिमी वायुको सामान्य प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तिहारको समयमा पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट वर्षा हुनसक्छ । उच्च हिमाली भू–भागमा हल्का वर्षा/हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले शनिबार (कात्तिक १) साँझ तिहार विशेष मौसम बुलेटिन जारी गरेको हो । बुलेटिनमा कात्तिक ३ देखि ६ गतेसम्म तिहार अवधिको मौसम पूर्वानुमान उल्लेख छ ।

तिहार विशेष मौसम बुलेटिनः

कार्तिक ३ (लक्ष्मीपूजा) : देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।

कार्तिक ४ (औँसी) : देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।

कार्तिक ५ (गोवर्धन पूजा) : देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोसी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

कार्तिक ६ (भाइटीका) : कोसी र मधेस प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । सबै प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ