पोखरामा नर्सहरु सरकारले तोकेबमोजिम सेवासुविधाको माग गर्दै आन्दोलित भइरहँदा नेपाल रेडियोलोजिकल सोसाइटी, गण्डकी प्रदेश समितिले पनि तोएिको तलब तुरुन्त कार्यान्वयन गर्न आग्रह गरेको छ ।
सोसाइटीका केन्द्रीय सदस्य सन्दीप लुइटेल र प्रदेश सचिव विमल क्षेत्रीले ३ बुँदे मागसहित प्रेस विज्ञप्ति जारी गर्दै उचित पारिश्रमिक, सेवा सुविधा तथा व्यवसायिक सम्मानको दीगो माग राख्दै शान्तिपूर्ण आन्दोलनको अगुवाई गरेका सम्पूर्ण नर्सहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दै ऐक्यबद्धता पनि जाहेर गरिएको छ ।
विज्ञप्तिमा भनिएको छः ‘यो आन्दोलन केवल नर्सहरुको मात्र नभई सम्पूर्ण स्वास्थ्यकर्मी साथीहरुको आन्दोलन हो । तसर्थ, ल्याब, फार्मेसी, डेन्टल, एचए लगायत सम्पूर्ण स्वास्थ्यकर्मी साथीहरुलाई यस आन्दोलनमा साथ समर्थन गरी सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौँ ।’
सोसाइटीले अघि सारेको तीन मागहरुमा रेडियोलोजी विभागमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी अनिवार्य रुपमा सम्बिन्ध निकायमा दर्ता गरिनुपर्ने र प्रत्येक रेडियोलोजी विभाग कानूनी रुपमा दर्ता हुनुपर्ने, गत वर्ष असोज २४ गते सरकारले तोकेर पठाएको तलब तुरुन्त कार्यान्वयन गर्नुपर्ने र रेडियोलोजी सेवा क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई विकिरण जोखिम भत्ता उपलब्ध गराई आवश्यक सुरक्षा उपकरण उपलब्ध गराउनुपर्ने रहेका छन् ।

सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
नवौं संस्करणको वालिङ महोत्सव सुरु
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो