स्याङ्जाको गल्याङ नगरपालिका –१ मालुङ्गास्थित गणेश बस्यालको घरमा तास खेलिरहेको विशेष सूचनाको आधारमा प्रहरीले छापा मार्दा सात जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये एकजना पूर्व वडाअध्यक्ष र एकजना हालका वडासदस्यसमेत रहेको खुलासा भएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कार्यालय वालिङको संयुक्त टोलीले प्रहरी नायब उपरीक्षक कमलराज पण्डितको कमाण्डमा असोज ३ गते दिउँसो करिब साढे ३ बजेतिर गरिएको छापामा १५६ पत्ती तास (३ बुक) र १ लाख ९७ हजार ७ सय रुपैयाँ नगद बरामद गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेहरूमा गल्याङ नगरपालिका -१ का ५० वर्षीय गणेश बस्याल, ७२ वर्षीय कुस्मखर न्यौपाने, ५९ वर्षीय ओम प्रसाद श्रेष्ठ, ५१ वर्षीय लक्ष्मीप्रसाद बस्याल, ४४ वर्षीय सुन्दर बस्याल, ४२ वर्षीय चुडामणि बस्याल र लोकनाथ बस्याल रहेका छन् ।
सूचना अधिकारी चौधरीले पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाइएको बताएका छन् ।
जनप्रतिनिधिहरु नै जुवाखालमा समातिँदा जनप्रतिनिधिहरूको आचरणप्रति प्रश्न उठेको छ । पक्राउ परेकामध्ये गणेश बस्याल नेकपा एमालेबाट स्थानीय तह निर्वाचन २०७४ का निर्वाचित पूर्व वडाअध्यक्ष र ओम प्रसाद श्रेष्ठ नेपाली काङ्ग्रेसबाट स्थानीय तह निर्वाचन २०७४ र २०७९ का निर्वाचित बहालवाला वडासदस्य रहेका छन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ