स्याङ्जा । पुतलीबजार नगरपालिका–१४ की सुस्त मनःस्थितिकी बालिकालाई फेरि बलात्कार गर्ने ४८ वर्षे जुद्धबहादुर भण्डारी अहिले स्याङ्जा प्रहरी हिरासतमा छन् । १६ वर्षीया ति बालिकालाई करणी गरेको आरोपमा प्रहरीले पक्रेको हो ।
ती बालिका ६ वर्ष पहिले पनि बलात्कृत भएको खुलेको छ । साविक पुतलीबजार नगरपालिकाका–८ का ४७ वर्षे मेगबहादुर भुजेलले नाबालिका १० वर्षको हुँदा करणी गरेका थिए । भुजेल हालसम्म फरार छन्। जिल्ला अदालतले पीडक मेगबहादुर भुजेललाई १५ वर्ष कैद सजाय र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन फैसला गरेको छ।
अहिले उनै बालिका फेरि बलात्कारको शिकार भएकी हुन् । बाख्रा चराएर घर फर्कने क्रममा उनले बलात्कृत भएकोे प्रहरीले जनाएको छ। ती बालिका गत शुक्रबार आफ्ना बाबुसँग जंगलमा वस्तु चराउन गएकी थिइन्। करिव २ बजेतिर बाबुले बाख्रा लिएर घर गएपछि बालिका एक्लै गोरु चराउँदै थिइन्।
त्यही बेला छिमेकी भण्डारीले पैसाको लोभ देखाएर करणी गरेको प्रहरीले जनाएको छ। ‘जंगलमा बालिकाको मुख थुनेर कसैलाई नभन्नु भनेर धम्की दिई करणी गरेको थाहा भएको छ’, प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले भने, ‘भण्डारीले चाउचाउ खाउ भनेर ३ वटा २० रुपैयाँको नोट दिएर फकाउने प्रयास गरेको देखिन्छ।’
घर फर्केपछि नुहाउने क्रममा पीडित बालिकाले यौनांगमा पीडा भएको बताएपछि आमाबुबाले सोधखोज गरेका थिए। सोधखोज गर्ने क्रममा घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरिएको हो। अभिभावकको किटानी जाहेरी बमोजिम आरोपितलाई करणी मुद्दामा ३ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।
प्रतिकात्मक तस्विर
सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?