स्याङ्जामा मोटरसाइकल दुर्घटना: राष्ट्रिय कृषि परियोजना कास्कीका प्रमुख लम्सालको मृत्यु

दुर्घटना

स्याङ्जामा मोटरसाइकल दुर्घटना: राष्ट्रिय कृषि परियोजना कास्कीका प्रमुख लम्सालको मृत्यु

bike-accident

स्याङ्जाको पुतलीबजार नगरपालिका –१४ मा शुक्रबार दिउँसो बुलेट मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाका लामागे लम्सालथरका ४५ वर्षीय माधवप्रसाद लम्साल रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पुष्टि गरेको छ ।

आमडाँडास्थित सतौं–पुतलीखेत भित्री सडकखण्डमा सतौंबाट लामागेतर्फ आइरहेको लु ५९ प ३७९७ नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खस्दा लम्सालको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिए ।

वरिष्ठ कृषि अधिकृत लम्साल राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ कास्कीका प्रमुखको रुपमा कार्यरत थिए । यसअघि उनी कार्यान्वयन एकाइ स्याङ्जाका कार्यालय प्रमुख थिए ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ