कास्की कारागारबाट फरार कैदी पक्राउ

कास्की कारागारबाट फरार कैदी पक्राउ

arrest-1

जेन-जेड आन्दोलनको क्रममा कास्की कारागार कार्यालय, पोखराबाट फरार भएका एक कैदी ४४ दिनपछि स्याङ्जामा पक्राउ परेका छन् ।

स्याङ्जाको पुतलीबजार नगरपालिका –१ का २५ वर्षीय विश्वास नेपालीलाई विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी दहथुमबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिए ।

गत भदौ २४ गते राति नेपाली कास्की कारागार कार्यालयबाट फरार भएका थिए । जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका नेपालीलाई कात्तिक ७ गते स्याङ्जाको भीरकोट नगरपालिका –१ दार्सिङ क्षेत्रबाट पक्राउ गरिएको प्रहरी निरीक्षक कमल नेपालीले बताए ।

उनीमाथि थप कानूनी प्रक्रिया पूरा गरी जिल्ला कारागार स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फरार अपराधी पक्राउ गर्न देशभर कडाइ गरिएको छ र विशेष सूचनाको आधारमा निरन्तर निगरानी बढाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds