देउसी खेल्ने क्रममा महिला प्रहरीलाई अभद्र व्यवहार, दुई युवा पक्राउ

पक्राउ

देउसी खेल्ने क्रममा महिला प्रहरीलाई अभद्र व्यवहार, दुई युवा पक्राउ

Syangja Police

स्याङ्जाको पुतलीबजार नगरपालिका –३ बाढखोलामा देउसी भैलो खेल्ने विषयलाई लिएर प्रहरीसँग विवाद उत्पन्न भएपछि दुई जना युवा पक्राउ परेका छन् ।

कार्तिक ७ गते राति देउसी भैलो कार्यक्रम चलिरहेका बेला सुरक्षार्थ खटिएका प्रहरी कर्मचारीहरूसँग केही व्यक्तिहरूबीच वादविवाद भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्रहरीका अनुसार सम्झाइ बुझाइका क्रममा समेत उनीहरूले संयमित नभई महिला प्रहरीमाथि अभद्र व्यवहार गरेका थिए ।

अभद्र व्यवहार गरेको आरोपमा पुतलीबजार –३ बाढखोला बस्ने ३० वर्षीय सौगिल गुरुङ र ३२ वर्षीय सौजन गुरुङलाई पक्राउ गरिएको प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिए ।

उनीहरू विरुद्ध अभद्र व्यवहार कसूरमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट म्याद थप गरी कानुनी प्रक्रिया अघि बढाइएको निरीक्षक तिवारीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ