पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सूर्य देवता र छठी माताको पूजा आराधाना गरी मनाइने पर्व छठ प्रकृति र मानव जीवनबीचको सम्बन्ध स्थापित गर्ने पर्व रहेको बताएका छन् ।
छठ पर्वको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले मानव जीवनका लागि अनिवार्य जल, जमिन र सूर्यसँग जोडिएको छठ पर्वले प्रकृतिप्रतिको सम्मान पनि दर्शाउने उल्लेख गरे ।शुभकामना सन्देशमा उल्लेख छ – ‘शुद्धाशुद्धिमा विशेष ध्यान यो पर्वको अर्को विशेषता हो, जसले स्वास्थ्यलाई फाइदा पुर्याउन सघाइरहेको हुन्छ । धार्मिक तथा साँस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वले राष्ट्रिय एकता र सामाजिक सम्मिलनमा समेत महत्वपूर्ण योगदान पुर्याएका छन् ।’
खासगरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं, पोखरालगायत पहाडी तथा हिमाली जिल्लाहरूमा समेत श्रद्धा एवम् भक्तिपूर्वक मनाउने चलन बढ्दै गएको उल्लेख गर्दै उनले यसबाट धर्म संस्कृति, रीतिरिवाज तथा चाडपर्वले हामीबीच आपसी सद्भाव र एकतालाई अभिवृद्धि गर्दै लगेको प्रष्ट हुने बताएका छन् ।
प्रकृतिको पूजा गरिने छठ पर्वले हामी सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र सहमति कायम गर्दै नेपाललाई शान्ति र अमनचयन कायम गर्ने दिशामा प्रेरणा मिलोस् भन्ने शुभकामना पनि उनले व्यक्त गरेका छन् ।

सम्बन्धित खबर
स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
अर्जुनचौपारीमा सञ्चालनमा आयो दुग्ध चिस्यान केन्द्र
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
स्याङ्जा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइतेको संख्या १७ पुग्यो
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते