कास्की कारागारबाट भागेर बैदाम प्रहरी कार्यालयमा पुगी चोरी

पक्राउ

कास्की कारागारबाट भागेर बैदाम प्रहरी कार्यालयमा पुगी चोरी

घारीपाटनका युवक बाइक र क्यामेरासहित पक्राउ

mdf

कास्की प्रहरीले आगजनी, तोडफोड तथा लुटपाट गर्ने थप एक जना व्यक्ति पक्राउ गरेको जानकारी दिएको छ ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कास्की कारागारबाट भागेका युवकले वडा प्रहरी कार्यालय बैदाममा पुगी चोरी गरेको पत्ता लागेको छ ।

घटनामा संलग्न पोखरा वडा नं. ७ घारीपाटन बस्ने २६ वर्षीय विवश जलारी पक्राउ परेका छन् ।

कास्की कारागारबाट भागेका कैदी जलारी वडा प्रहरी कार्यालय बैदामबाट चोरी भएको डिजिटल क्यामेरा र नम्बर नखुलेको पल्सर एनएस बाइकसहित पक्राउ परेका हुन् ।

कास्की जिल्ला अदालतबाट अपराधिक उपद्रव सम्बन्धी मुद्दामा ६ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

जलारी कारागार कार्यालय कास्कीमा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेको र २४ गते भागी वडा प्रहरी कार्यालय बैदाममा लुटपाट तथा चोरी गर्न पुगेको खुल्न आएको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds