स्याङ्जाको कालीगण्डकी गाउँपालिका –३ लसर्घा आलमदेवी देउरालीमा जनज्योति युवा क्लबले आयोजना गरेको ३९औं वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता गल्याङ नगरपालिका -७ च्याम्पियन बनेको छ ।
हरिबोधनी एकादशी पर्वको अवसरमा भएको प्रतियोगितामा कालीगण्डकी गाउँपालिका -१ लाई २५-१८, २५-२३ र २५-१८ को अंकसहित ३-० को सोझो सेटमा पराजित गर्दै गल्याङ नगरपालिका –७ विजेता भएको हो ।
विजेता गल्याङ -७ ले एक लाख ३० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो भने उपविजेता कालीगण्डकी गाउँपालिका –१ ले ८० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको हो ।
यस्तै, तेस्रो भएको कालीगण्डकी –३ र सान्त्वना कालीगण्डकी –४ ले क्रमशः ४० हजार र २० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाएका हुन् ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी सुगम विक (गल्याङ-७), उदयमान खेलाडी अभिनास सेन्चुरी (कालीगण्डकी-३), उत्कृष्ट स्पाइकर उमेश सेन्चुरी (गल्याङ-७), उत्कृष्ट सेटर सौरभ गुरुङ (गल्याङ-७), उत्कृष्ट ब्लकर रवि केसी (कालीगण्डकी-३), उत्कृष्ट सर्भर नवीन महतो (कालीगण्डकी-१), उत्कृष्ट डिफेन्डर राजन दर्लामी मगर (गल्याङ-७) र उत्कृष्ट प्रशिक्षक उमेश श्रेष्ठ (गल्याङ-७) घोषित भएका थिए ।
सर्वोत्कृष्ट खेलाडीले तीन हजार रुपैयाँ नगदसहित ट्रफी र विधागतका अन्य खेलाडी र प्रशिक्षकलाई जनही एक हजार पाँच सय रुपैयाँका दरले पुरस्कृत गरिएको थियो ।
विजेता, उपविजेता टिमका साथै विधागततर्फ सबैलाई कालीगण्डकी गाउँपालिका अध्यक्ष खिम बहादुर थापालगायतले पुरस्कार प्रदान गरेका हुन् ।
कार्तिक १६ गतेदेखि सुरु भएको प्रतियोगितामा चर्चित भलिबल खेलाडी रवि केसीसहित उमेश सेन्चुरी, मनिस मानन्धर, हरि पाण्डे, नवीन महतो, सूर्य विक, रुपेन्द्र गैह्रे, सन्तोष महत, सुगम विक र गण्डकीका चर्चित डिफेन्डर राजन दर्लामीसहितको छ टिमको सहभागिता रहेको थियो ।
कार्यक्रममा लोक तथा दोहोरी गायक मिलन लामा, किस डान्स एकेडेमी रामपुर, पाल्पाका कलाकारहरूले आकर्षक प्रस्तुति दिएका थिए ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा