३८ वर्षअघिको चोरी मुद्दामा फरार रहेका एक वृद्ध पक्राउ परेका छन् । विसं २०३५ साल वैशाख १५ गते साविक पेलाकोट गाउँपञ्चायत -२ हाल गल्याङ नगरपालिका -७ कल्लेरीका दिलबहादुर रानाको घरबाट २१ वर्षको उमेरमा सुनका गहना र रेडियो चोरी प्रकरणमा संलग्न गिरिप्रसाद गुरुङ ६८ वर्षको उमेरमा पक्राउ परेका हुन् ।
उक्त चोरी प्रकरणमा अदालतले २०४५ असोज १६ गते उनलाई नकबजनी चोरी आरोपमा १ महिना १५ दिन कैद र ४ हजार ५०० रुपैयाँ जरिवाना तोकिएको थियो । तर फैसला भएपछि उनी फरार रहेका थिए ।
तीन दशकभन्दा बढी समय फरार रहेका साविक सिर्सेकोट गाविस -२ हाल वालिङ् नगरपालिका –१२ घुरुङ्खाका ६८ वर्षीय गुरूङलाई परिवारसँग लुकेर बसिरहेको अवस्थामा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष टोलीले कार्तिक २० गते पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
यसअघि, सोही मुद्दामा संलग्न ६८ वर्षीय लालबहादुर राना कार्तिक १७ गते पक्राउ परिसकेका थिए । रानालाई १७ गते र गुरुङलाई २० गते अदालतमा पेश गरी स्याङ्जा कारागार पठाइएको डिएसपी चौधरीले बताए ।
प्रहरीका अनुसार वर्षौँसम्म फरार रहेका व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउने अभियान निरन्तर जारी रहनेछ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा