स्याङ्जामा फरार कसुरदारहरु पक्राउ अभियान तीव्र हुँदै गएको छ । विभिन्न आपराधिक मुद्दामा अदालतबाट दोषी ठहरिइ फरार रहेका पाँच जना व्यक्तिलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको हो ।
स्याङ्जा जिल्ला अदालतले २०५२ चैत ८ गतेको कुटपिटसम्बन्धी मुद्दामा दुई वर्ष कैद र दस हजार रुपैयाँ जरिवाना सजाय सुनाएपछि फरार रहेका साविक ओरष्टे गाविस -१ हाल बिरुवा गाउँपालिका -४ घर भई पश्चिम नवलपरासी बर्दघाट नगरपालिका -५ का ७४ वर्षीय थम प्रसाद पोख्रेललाई तीस वर्षपछि पक्राउ गरिएको हो ।
उक्त मुद्दामा अदालतको २०५४ वैशाख १० गतेको फैसलापछि पोख्रेल फरार रहेको र परिवारसँगै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी तथा प्रवक्ता प्रसन्न राज चौधरीले बताए ।
यस्तै, नकबजनी चोरी मुद्दामा एक हजार दुई सय रुपैयाँ जरिवाना सजाय सुनाएपछि फरार रहेका साबिक राङ्वाङ गाविस –४ हाल भीरकोट नगरपालिका -२ का इउब बहादुर रानालाई पक्राउ गरिएको छ ।
कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जन्मकैद सजाय सुनाइएका साविक खिलुङ देउराली गाविस -६ हाल भीरकोट नगरपालिका -७ का दलबहादुर गोदार, साविक रत्नपुर -८ र हाल चापाकोट नगरपालिका -८ घर भई पूर्व नवलपरासी मध्यविन्दु नगरपालिका -११ का गणेशबहादुर कुमाल र डाँकासम्बन्धी मुद्दामा छ वर्ष कैद र २५ हजार पाँच सय ७५ रुपैयाँ जरिवाना तोकिएका साविक सिर्सिकोट गाविस -६ हाल वालिङ् नगरपालिका -१२ का डिलबहादुर भन्ने हरिबहादुर गुरुङको लगत कट्टा गरिएको डिएसपी चौधरीले जानकारी दिए ।
पक्राउ परेका फरार कसुरदारहरूलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाई जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु