स्याङ्जाको चापाकोट नगरपालिका –८ ले स्थानीय मणिमुकुन्देश्वर गुरुकुलमा आवासीय रूपमा अध्ययनरत आठ वटुकको स्वास्थ्य बिमा गरेको छ ।
गुरुकुलमा जन्मदर्ता भएका र कागजात पूरा गरेका बालकहरूको स्वास्थ्य सुरक्षाका लागि वडाले २८ हजार रुपैयाँ बराबरको बिमा व्यवस्था गरेको हो ।
गुरुकुलमा बस्ने विद्यार्थीहरू बिरामी पर्दा अभिभावक वा समितिका प्रतिनिधिहरू समयमै अस्पताल नपुग्ने समस्या देखिएकाले बिमा गराएको वडा अध्यक्ष टोपलाल (राजु) न्यौपानेले बताए ।
“अब कुनै वटुक बिरामी परे पनि उपचारमा ढिलाइ हुने छैन, विद्यार्थीको स्वास्थ्य हाम्रो प्राथमिकता हो,” अध्यक्ष न्यौपानेले भने ।
गुरुकुलका प्रमुख जीवन आचार्यका अनुसार संस्थामा अहिले २४ जना असहाय, गरिब तथा अभिभावकविहीन बालक अध्ययनरत छन् । उनले १० जनाको बिमा माग गरिएकोमा दुई जनाको कागजात नपुगेकाले बिमा हुन नसकेको जानकारी दिएका छन् ।
“वडाको सहयोगले वटुकहरूको स्वास्थ्य सुरक्षा थप सुनिश्चित भएको छ । हाम्रो सेवा, संस्कार र समर्पणको यात्रामा यसले प्रेरणा दिएको छ,” आचार्यले भने ।
विसं. २०६५ सालमा स्थापना भएको मणिमुकुन्देश्वर गुरुकुलले वटुकहरूलाई निःशुल्क आवास, भोजन, अध्ययन सामग्री र उपचार सुविधा प्रदान गर्दै आएको छ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा