नवलपुर कावासोती २ स्थित कावासोती हाट बजारमा बिक्रीका लागि राखिएको काउलीमा विषादी अत्याधिक भेटिएपछि जफत गरेर नष्ट गरिएको छ । कावासोती हाटबजारमा रजहरका किसान बन्चु मियाँले बिक्रीका लागि पठाएको काउलीमा ९८ दशमलब ८५ प्रतिशत विषादी भेटिएको हो ।
सोमबार हाटबजारमा तरकारीहरुको विषादी चेकजाँचका क्रममा उनले उत्पादन गरेर बजारमा पठाएको काउलीमा उपभोक्ताले खानै नमिल्ने गरी विषादी पाइएपछि जफत गरिएको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला एकाइ नवलपुरका नायव प्राविधिक सहायक वीरेन्द्र भण्डारीले बताए । सोमबार उनले बजारमा पठाएको १ सय ५१ किलो काउली बरामद गरी नष्ट गरिएको हो ।
३५ प्रतिशतभन्दा कम विषादी देखिए मात्र उपभोग योग्य हुने वीरेन्द्र भण्डारीले जानकारी दिए । त्यसैगरी, केही दिनअघि रजहरकै अर्का किसान महमत अन्सुरले बिक्रीका लागि बजार पठाएको काउलीमा पनि विषादी देखिएपछि नष्ट गरिएको थियो । उनले उत्पादन गरेको काउली सोमबार परीक्षण गर्दा अझै ४१.४१ प्रतिशत विषादी देखिएपछि अझै केही दिन नटिप्न भनिएको छ ।
यसअघि, बजारमा बोडी र काँक्रोमा पनि विषादी भेटिएपछि नष्ट गरिएको थियो । कावासोतीमा गत वर्ष विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला एकाइ स्थापना गरिएपछि बजारमा आएका तरकारीहरु बिहान ६ बजे संकलन गरी ८ बजेभित्र रिपोर्ट आएपछि विषादी देखिएका तरकारीहरु जफत गरी नष्ट गर्ने गरिएको छ ।
हुप्सेकोटमा उत्पादित काँक्रो र देवचुलीको रहजरमा उत्पादिन काउलीमा विषादी देखिएपछि सम्बन्धित पालिकाका कृषि शाखालाई कृषकसँग सचेतना कार्यक्रम गर्न आग्रह गरिएको भण्डारीले जानकारी दिए ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन