अदालतबाट भएका फैसलाको कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन स्याङ्जा प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ ।
सुरक्षित र न्यायपूर्ण समाज निर्माणको लक्ष्यसहित जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले फरार रहेका चार जना दोषीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेका मध्ये पुतलीबजार नगरपालिका –१२ का २८ वर्षीय मनकाजी गुरुङ लागूऔषध सम्बन्धी मुद्दामा एक हजार नौ सय पच्चीस रुपैयाँ जरिवाना तिर्न बाँकी रहेका थिए । सोही वडाकी ५५ वर्षीया चन्द्रावली गुरुङ ठगी मुद्दामा एक हजार रुपैयाँ जरिवाना भुक्तान नगरी फरार थिइन् ।
त्यसैगरी, साविक पेल्काचौर गाविस –७ हाल पुतलीबजार –१२ का मोति बहादुर गुरुङ जबरजस्ती करणी मुद्दामा अदालतबाट ९ वर्ष ११ महिना १७ दिन कैद सजाय पाएका थिए भने वालिङ नगरपालिका –८ की ६५ वर्षीया गोमता सुवेदी अंश दपोट मुद्दामा पाँच हजार छ सय ३७ रुपैयाँ जरिवाना बाँकी राखी फरार रहेकी थिइन् ।
प्रहरीले उनीहरूलाई पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराएको जनाएको छ । प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी प्रसन्न राज चौधरीका अनुसार अदालतको आदेश कार्यान्वयनमार्फत कानूनको शासनलाई बलियो बनाउने लक्ष्यसहित प्रहरी सक्रिय बनेको हो ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
नवौं संस्करणको वालिङ महोत्सव सुरु
बिरुवामा तीन नाल भरुवा बन्दुक र विस्फोटक सामग्रीसहित दुई जना पक्राउ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो