गण्डकी प्रदेश सभाको चालु बर्खे अधिवेशन अन्त्य

संसद अधिवेशन अन्त्य

गण्डकी प्रदेश सभाको चालु बर्खे अधिवेशन अन्त्य

pp adhibesan antya

गण्डकी प्रदेश सभाको चालु बर्खे अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकारको सिफारिसअनुसार शुक्रबार मध्यरात १२ बजेदेखि चालु अधिवेशन अन्त्य गरेका हुन् ।

अधिवेशन अन्त्य भएको सूचना प्रदेश सभाको शुक्रबारको बैठकमा पढेर सुनाइएको थियो ।

२९ वटा बैठक बसेको आठौं अधिवेशन जेठ ११ देखि सुरू भएको थियो । शुक्रबार बसेको अन्तिम बैठकमा उपसभामुख बिनाकुमारी थापाले अधिवेशन अन्त्य भएको जानकारी  दिइन् ।

अन्तिम बैठकमा एमाले संसदीय दलका नेता खगराज अधिकारी, माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले सम्बोधन गरेका थिए ।

बैठकले गण्डकी विश्वविद्यालय ऐन संशोधन विधेयक पारित गरेको छ । साथै औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक दफावार छलफलका लागि समितिमा पठाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ