‘सुन–चाँदी’ जस्तै धातुका गहनासहित एक युवक पक्राउ

सिद्धार्थ राजमार्गमा चेकजाँच

‘सुन–चाँदी’ जस्तै धातुका गहनासहित एक युवक पक्राउ

Handcuffs,,Police,And,Hands,Of,Police,Man,With,Criminal,In

सिद्धार्थ राजमार्गमा गरिएको चेकजाँचका क्रममा पोखराबाट चापाकोटतर्फ जाँदै गरेका एक युवक शनिबार शंकास्पद धातुका गहनासहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङ्जा चापाकोट नगरपालिका –८ दामाचौरका २९ वर्षीय विष्णु विक रहेका छन् । भीरकोट नगरपालिका –२ दहथुमस्थित राजमार्ग चेकिङमा बिलबिनाका गहना बोकेर हिँडिरहेका विकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए ।

प्रहरीले विकको साथबाट सुनजस्तो देखिने पहेँलो धातु ५ तोला ६ लाल २ पईन्ट (जन्तर १ थान, मोतीमाला ३ थान, धातुको टुक्रा ४ थान) र चाँदीजस्तो देखिने १० तोला ७३ लाल ३ पईन्ट (बाला ६ जोर) बरामद गरेको जनाएको छ ।

उनी सवार लु २९ प ६०१२ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बरामद सामग्रीको परीक्षण तथा धातुको श्रोतबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds