आँधीखोला किनारबाट अवैध गिट्टी–बालुवासहित ट्याक्टर नियन्त्रणमा

आँधीखोला किनारबाट अवैध गिट्टी–बालुवासहित ट्याक्टर नियन्त्रणमा

Tractor ga1ta 4273

स्याङ्जाको पुतलीबजार नगरपालिका –१४ आँधीखोला किनारमा अवैध रुपमा उत्खनन भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गिट्टी–बालुवा लोड गरिएको ट्याक्टर नियन्त्रणमा लिएको छ ।

शनिबार दिउँसो अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसार–पसारको क्रममा फेला पारी ग १ त ४२७३ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

नियन्त्रणमा लिइएको ट्याक्टरलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ