पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराले सोमबार राष्ट्रिय कर दिवस २०८२ मनाएको छ ।
आधुनिक एवं वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थानविन्दुका रुपमा नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दै हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउन थालिएको हो । सोही दिवसका अवसरमा करदाता सम्मान तथा शुभकामना आदानप्रदान गरी दिवस मनाइएको हो ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता आरके डी होल्डिङ्स लिमिटेडलाई सम्मान गरिएको थियो । यसैगरी करदाता सेवा कार्यालय स्याङ्जा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता खिलुङ कालिका कन्स्ट्रक्सन प्रालिलाई सम्मान गरिएको छ ।
आरकेडीले आर्थिक वर्ष २०८० / ०८१ मा २ करोड १६ लाख ४९ हजार १४१ आन्तरिक राजस्व कार्यालय पोखरामा दाखिला गरेको थियो । खिलुङ कालिकाले सोही आर्थिक वर्षमा करदाता सेवा कार्यालय स्याङ्जामा ८५ हजार ८६ हजार ५१४ रुपैयाँ कर बुझाएको थियो ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले देश विकासको प्रमुख हिस्सेदार निजी क्षेत्रलाई प्रोत्साहन गर्दै करमैत्री वातावारण सिर्जना गर्नुपर्ने बताइन् । उनले निजी क्षेत्रलाई व्यावसायिक वातावरण तयार गर्न र मनोबल उच्च बनाउने गरी कार्य गर्ने प्रतिवद्धता समेत गरिन् ।

आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानाले सेवा प्रवाहलाई थप सहज र प्रविधीमैत्री बनाउँदै करको दायरा विस्तार गर्दै लगिने बताए । उनले आर्थिक ऐन, २०८२ ले दिएका विभिन्न छुट सुविधाको लाभ लिनका लागी करदातालाई अनुरोध गरे ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, पोखरा चेम्बर अफ कमर्श लगायतका व्यावसायिक संघ संगठनका प्रतिनिधिले व्यवसायीको मनोबल उठाउने गरी निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत २०८२ कात्तिक मसान्तसम्म व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या ६९ हजार ८ सय ६ पुगेको छ । जसमध्ये मूल्य अभिवृद्धि करमा १२ हजार ८ सय ६९, अन्तः शुल्कमा ४ हजार ५ सय ४२ करदाता आवद्ध छन् ।
पोखरा कार्यालय अन्तर्गत २ लाख १८ हजार १ सय २९ करदाताले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् । सबैगरी पोखरा कार्यालयमा २ लाख ८६ हजार ५२९ करदातालाई सेवा प्रवाह गरिरहेको पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानाले जानकारी दिए ।

आन्तरिक राजस्व कार्यालय पोखराले चालु आवको कात्तिक मसान्तसम्ममा १ अर्ब ५० करोड २० लाख राजस्व संकलन गरेको छ । जसमध्ये आयकरतर्फ ८१ करोड ४६ लाख राजस्व संकलन गरेको छ । यस्तै मूल्य अभिवृद्धि करतर्फ ५२ करोड २४ लाख रूपैयाँ राजस्व संकलन भएको छ । अन्तशुल्क तर्फ १२ करोड ७१ लाख रूपैयाँ राजस्व संकलन भएको छ । कार्यालयले विलाशिता शुल्कवापत ३ करोड ७८ लाख राजस्व संकलन गर्न सफल भएको छ । कार्यालयले गत वर्षको सोही अवधिको तुलनामा १ करोड ५४ लाख बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा आन्तरिक राजस्व कार्यालय पोखराले १ अर्ब ६६ लाख ६६ हजार संकलन गरेको थियो ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’