पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले हरेक व्यक्तिको शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि पनि खेलकुद अपरिहार्य रहेको बताएका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी विद्यार्थीलाई हौसला दिन प्रमुख अतिथिका रुपमा पुगेका प्रदेश प्रमुख भट्टले यस्तो बताएका हुन् । खेलकुदको सकारात्मक प्रभावले युवाहरूको शरीर र दिमाग दुवैको विकासमा योगदान पुर्याउने भएकाले यसको विकास र सम्वर्द्धन जरुरी रहेको उनले बताए ।

गाउँस्तरीय खेलकुदमार्फत् खेलाडीहरु छनौट गर्दै जिल्ला प्रदेश हुँदै केन्द्रमा अन्तिम प्रतिष्पर्धा हुने प्रक्रिया रहेको राष्ट्रपति रनिङ शिल्ड खेलकुदको स्वरुप सुन्दर रहेको उनको भनाई छ । ‘गाउँ तहबाटै विद्यार्थीहरूले सहभागिता जनाउन पाउने भएकाले हजारौं विद्यार्थीहरू खेलकुदमा सहभागी हुने अवसर मिलेको छ ।’ प्रदेश प्रमुख भट्टले भने – ‘यस प्रतियोगिताका कारण दूरदराज गाउँहरूबाट खेलाडीहरू उत्पादन गर्न सहयोग पुग्दै आएको छ । स्थानीय खेलकुदको प्रवर्द्धन पनि यसको अर्को सकारात्मक पक्ष हो ।’
यो प्रतियोगिताले युवा विद्यार्थीहरूमा जोश, जाँगर र आत्मबल थप्दै विद्यार्थी, गाउँबासी र जनप्रतिनिधिबीचको सम्बन्ध प्रगाढ बनाउन पनि भूमिका खेलेको उनले बताए । प्रदेश प्रमुख भट्टले खेलकुदमा युवा सहभागिताले किशोरकिशोरीलाई स्वास्थ्य सम्बन्धी जीवनशैलीमा संलग्न रहन र उनीहरूको शारीरिक स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्ने उल्लेख गरे ।

‘सानै उमेरमा खेलकौशल हासिल गर्नाले व्यक्ति परिपक्व हुन्छ । अनि भविष्यमा सान्दर्भिक गतिविधिहरूमा संलग्न हुने सम्भावना बढ्छ ।’ उनले भने – ‘युवाले खेललाई जीवनको माध्यम बनाउँछन्, यसले आत्मसम्मान बढाउँछ । सामाजिक सीपहरू विकास गर्न सक्छ र उपयुक्त नेतृत्व क्षमताको पनि विकास गराउँछ ।’
शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, उपाध्यक्ष चन्द्रकला अधिकारी, प्रवक्ता भरतमान गुरुङ, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि बराल लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन