पोखरा । अमेरिकी राजदूत डिन थम्प्सनले बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बाल विभाग कक्षको अवलोकन गरेका छन् ।
अस्पतालमा सञ्चालित नवजात शिशु कार्यक्रममा आर्थिक साझेदारी गरेको अमेरिकाले परियोजना सञ्चालन, प्रगति र प्रभावकारिताबारे जानकारी लिन अस्पतालको निरीक्षण भ्रमण गरेका हुन् ।
अस्पतालका बाल विभाग प्रमुख प्राध्यापक डाक्टर रामचन्द्र बास्तोलाले राजदूत थम्प्सनलाई स्वागत गर्दै नवजात शिशु सघन उपचार कक्ष (एनआइसियू) भ्रमण गराएका थिए । प्रा.डा. बास्तोलाले अमेरिका सरकारले स्वास्थ्य क्षेत्र सुदृढीकरणमा विशेषगरी नवजात शिशु र बालबालिकाको हेरचाहका लागि भइरहेको प्रयासमा प्रदान गरिएको समर्थन र साझेदारीप्रति आभार प्रकट गरेका छन् ।

‘हामी आज हाम्रो एनआइसियूमा अमेरिकी राजदूतको भ्रमणबाट अत्यन्त सम्मानित महसुस गरेका छौं । उहाँको उपस्थितिले र प्रोत्साहनले हामीलाई धेरै ठूलो अर्थ राख्छ ।’ प्रा.डा. बास्तोलाले भने – ‘हाम्रो कामको कदर गर्नु भएकोमा र सबैभन्दा कमजोरहरूको जीवन सुधार गर्ने यात्रामा हामीलाई साथ दिनु भएकोमा हार्दिक आभार व्यक्त गर्दछौँ ।’
राजदूत थम्प्सनले अस्पतालको बाल विभागले उपलब्ध श्रोत र साधनबाट स्तरीय सेवा प्रदान गरेकोमा खुशी प्रकट गर्दै सहयोगलाई निरन्तरता दिने उल्लेख गरे । उनले अमेरिकाको सहकार्य निरन्तर रहने उल्लेख गर्दै आगामी दिनमा सहयोगका क्षेत्रहरू विस्तार हुने संकेत दिए।
प्रा.डा. बास्तोलाले अस्पतालमा सेवाग्राहीको चाप अत्यधिक बढिरहँदा भौतिक संरचना पर्याप्त नभएको विषयमा राजदूतको ध्यानाकर्षण गराए। ‘यस अस्पताल गुणस्तरीय सेवाका कारण सुत्केरी गराउनेदेखि साना बच्चाहरुको उपचारका लागि पहिलो रोजाईमा परेको छ । बच्चाहरुको चाप अधिक छ, स्थान सीमित छ ।’ प्रा. डा. बास्तोलाले भने – ‘एनआइसियूमा १५ बेड छ । आमाहरुका लागि १७ बेड छ । बाहिर ८ वटा छन् । जुन अपुग छ भनेर जानकारी गरायौँ ।’
अस्पतालमा ब्रेस्ट मिल्क बैंक स्थापना गर्न राजदूत थम्प्सनले प्रतिबद्धता पनि जनाएको डा. बास्तोलाले बताए ।

यसैबीच, अस्पतालमा बाल सघन उपचार कक्ष (पिआइसियू) स्थापना गरिएको प्रा.डा. बास्तोलाले जानकारी दिए । अस्पतालमा ४० बेड रहेकोमा थप २ वटा आइशोलेसन र ८ वटा पिआइसियू निर्माण गरिएको उनले बताए । यसका लागि जनशक्ति आवश्यक भएकाले राजदूत थम्पसनको ध्यानाकर्षण गराइएको उनले बताए ।

प्रा.डा. बास्तोलाको नेतृत्वमा रहेको बाल विभागको सेवा प्रभावकारी र गुणस्तरीय भएको भन्दै अस्पतालबाट सेवा लिने आम सर्वसाधारणको प्रशंसा बढ्दो रहेको छ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा