स्याङ्जाको चापाकोट नगरपालिका –४ मा सञ्चालन भएको वृहत स्वास्थ्य शिविरमा सात सय २७ जनाले प्रत्यक्ष उपचार सेवा पाएका छन् । गाउँमै विशेषज्ञसहितको सेवा पाइने भएपछि चापाकोटसँगै हरिनास र बिरुवा गाउँपालिकाबाट समेत नागरिकहरू पुगेका थिए ।
खुमा अर्याल फाउन्डेसनले सातौँ स्थापना दिवसको अवसरमा मल्याङकोट स्वास्थ्यचौकी दार्सिङमा शिविर सञ्चालन गरेको हो । चापाकोट नगरपालिकाको समन्वयमा गण्डकी मेडिकल कलेज पोखरा र नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा साधारण जाँचदेखि भिडियो एक्स–रे, इको, इसीजी, महिलाका लागि पाठेघर क्यान्सर स्क्रिनिङलगायत सेवा उपलब्ध गराइएको थियो । जटिल समस्या देखिएका बिरामीहरूलाई गण्डकी मेडिकल कलेजमा रिफर गरिएको छ । रिफर भएकालाई औषधिमा पाँच प्रतिशत र सेवामा २० प्रतिशतसम्म छुट रहने फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिए ।
शिविरमा चापाकोट नगरप्रमुख देवबहादुर खाण (ईश्वर)ले “गाउँ क्षेत्रमा विशेषज्ञसहितक्ल उपचार पुग्दा गाउँका नागरिकलाई प्रत्यक्ष फाइदा पुगेको” प्रतिक्रिया दिए । यस्तै, फाउन्डेसनका संस्थापक तथा उद्यमी खुमाप्रसाद अर्यालले “गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने अभियान निरन्तर चलाइने” बताए ।
हरेक वर्ष मङ्सिर ५ मा स्थापना दिवसका कार्यक्रम गर्दै आएको फाउन्डेसनले यसपालि पनि गाउँ लक्षित स्वास्थ्य सेवा अभियानलाई निरन्तरता दिएको जनाएको छ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा