पोखरा कलेज अफ म्यानेज्मेण्ट (पिसीएम) ले ‘पिसीएम जव फेष्ट–२०२५’ सम्पन्न गरेको छ ।
नेपाल युवा उद्यमी मञ्च, पोखरासंगको सहकार्यमा कलेज प्राङ्गणमा भएको फेष्टमा बीबीए, बीसीएस आइटीतर्फ सातौं तथा आठौं सेमेष्टरमा अध्ययनरत तथा भर्खरै पास आउट समेत झण्डै २ सय विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
फेष्टमा सुजल फुड्स, जोन्छे ट्रेडर्स, होटल सरोवर, मिन मार्ट, पोखरा इन्टरनेट, कर्माचार्य ग्रुप लगायत विभिन्न प्रतिष्ठित कम्पनीहरुको स्टलहरु रहेका थिए ।

कलेजका प्राचार्य लीना नेगी श्रेष्ठका अनुसार विद्यार्थी र व्यवसायिक घरानाबीच सम्बन्ध कायम गराउने सेतुको भूमिका निर्वाह गर्दै कलेजले विगतदेखिनै यो महोत्सव आयोजना गरेको छ ।
‘विद्यार्थीहरू आफैले खोजेजस्तो रोजगारी प्राप्त गर्नेछन् भने व्यवसायीहरूले पनि चाहे जस्तै दक्ष कर्मचारी प्राप्त गर्ने साझा थलो यो फेष्ट हो’ – उनले भनिन् । व्यवसायी घरानाका प्रतिनिधीसँग विद्यार्थीले सिधै साक्षात्कार गर्दा उनीहरुभित्रको आत्मबल पनि बढ्ने नेगीले बताइन् ।
होटल सरोवरका प्रतिनिधी सायोरी थापाले अहिले होटलमा रोजगारीको अवसर रहेको हुँदा त्यसैका बारेमा जानकारी दिने र उत्कृष्ट कर्मचारीको छनौट गर्ने उद्देश्यले पिसिएम जब फेष्टमा सहभागिता जनाएको बताइन् ।
त्यस्तै, सुजल डेरीका प्रतिधिनी अमृत तिमिल्सिनाले कलेजले रोजगार खोज्ने र रोजगार दिनेलाई एकै ठाउँमा भेट गराएर सहयोगीको भूमिका निर्वाह गरेको भन्दै धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा कलेजका बीसीएस आइटी संयोजक ई. हरिप्रसाद बराल, बीबीए संयोजक हरि अधिकारी, सरोज कुँवर लगायतले समन्वय गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह