फोहोरलाई बोझ होइन, स्रोतका रूपमा उपयोग गर्ने नगरपालिकाको उदाहरण प्रस्तुत गर्दै स्याङ्जाको भीरकोट नगरपालिकाले बजार क्षेत्रमा संकलित फोहोर र कवाडी बेचेर लाखौँ राजस्व आर्जन गरेको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाले बजार सफाइ, फोहोर व्यवस्थापन र पार्क सञ्चालनबाट कुल १६ लाख २० हजार ४१५ रुपैयाँ राजस्व संकलन गरेको छ । जसमा पार्क प्रवेश शुल्क तथा बनभोजबाट ३ लाख १७ हजार ६७५, कवाडी बिक्रीबाट ५ लाख ६६ हजार ८८०, सरसफाइ शुल्कबाट ७ लाख ८ हजार ३३० र अन्य विविध मदबाट २७ हजार ५३० रुपैयाँ प्राप्त भएको नगर प्रमुख गोबिन्द कुमार कर्माचार्यले बताए । सुन्दर चौर पार्कबाट मात्रै ५४ हजार ५० रुपैयाँ राजस्व उठेको छ ।
यस्तै, पर्यटन सम्भावनामा चिनिएको स्वरेक मैदानलगायतका क्षेत्रबाट भने अपेक्षित आम्दानी नउठ्दा नगरको आन्तरिक राजस्व लक्ष्य पूरा हुन नसकेको नगर प्रमुख कर्माचार्यको भनाइ छ । आर्थिक प्रशासन शाखाका अनुसार भीरकोटले गत वर्ष लक्ष्यको ६२.३७ प्रतिशत मात्र आन्तरिक राजस्व संकलन गरेको छ ।
पोखरा पछि वैकल्पिक एयरस्पोर्ट्स गन्तव्यका रूपमा चर्चित भीरकोट -५ स्थित स्वरेक मैदानबाट भने एक रुपैयाँ पनि राजस्व उठ्न नसक्नु नगरको मुख्य चुनौती बनेको छ । २०७५ सालमै विश्वकप प्याराग्लाइडिङ प्रतियोगिता आयोजित यस स्थानमा दक्षिण एसियाकै पहिलो प्याराग्लाइडिङ स्कुल पनि सञ्चालनमा छ ।
संघ, प्रदेश र स्थानीय तहको लगानीमा तारबार, पदमार्ग, साइक्लिङ ट्रयाक, पर्यटन सूचना केन्द्र, शौचालय र वनभोज स्थल निर्माण गरिएको यस क्षेत्रले अझै आम्दानी विस्तारको बाटो पहिल्याउन बाँकी छ ।
फोहोर व्यवस्थापनमार्फत स्रोत सिर्जना हुन थालेपछि भीरकोटले हरित अर्थतन्त्रको उदाहरण बनिरहेको छ । अब पर्यटन राजस्व ल्याउन संरचना, प्रशासनिक व्यवस्थित प्रणाली र निजी क्षेत्रसँग सहकार्यमा नगर ध्यान केन्द्रित गर्ने तयारीमा छ ।
स्थानीयवासीका अनुसार फोहोरबाट आम्दानी जस्तै पर्यटन सक्रियता बढाउन नसकिएको क्षेत्र सक्रिय हुँदा भीरकोटले ‘हरित र पर्यटन’ दुवै मोडेलमा देशभर उदाहरण बन्न सक्छ ।
नगरको हरित अभियानले स्थानीय तह स्तरमा वातावरणमैत्री अर्थतन्त्रको सन्देश दिएको हो । भीरकोटले हरित अर्थतन्त्रको ढोका खोलेको छ, अब त्यसैगरी पर्यटन आम्दानीको ढोका पनि उघार्नुपर्ने अपेक्षा स्थानीयको छ ।
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु